0 प्रतिक्रिया
जब चोकमा एउटै नम्बरका दुई मोटरसाइकल देखा परे…
१५ असार, काठमाडौं । बुधबार बिहान साढे ८ बजेतिर प्रदीपजंग क्षेत्री गौशाला चोकमा ट्राफिक जाममा अड्किरहेका थिए । उनको नजर आफूभन्दा ठीक अगाडि रहेको दुई वटा पल्सर मोटरसाइकलमा पर्यो ।
दुवै मोटरसाइकलमा एउटै नम्बर थिए । पानी परिरहेकाले सवारी चालकले रेनकोट लगाएका थिए । तर मोटरसाइकलमा बागमती प्रदेश ०२ ०२२ प २३८० नम्बर थियो ।
कार्यालयका एसपी सञ्जिव शर्माका अनुसार अहिले दुवै मोटरसाइकलको खोजी भइरहेको छ । ‘यातायात व्यवस्था कार्यालयबाट विवरण ल्याएर कसले फट्याइँ गरेको हो भन्ने पत्ता लगाउँछौं’ उनले अनलाइनखबरसँग भने ।
उनका अनुसार बागमती प्रदेशको श्रम तथा यातायात मन्त्रालय र यातायात व्यवस्था विभागलाई पनि यसबारे जानकारी दिइएको छ ।
-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
-- Sponsored --



