+
+
-- Sponsored Ad --

संसदमा रास्वपाको अवरोध

257 पटक हेरिएको
Clock २०८० असार १२, मंगलवार ११:२९
-- Sponsored --

१२ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने निर्णय फिर्ता नलिएको भन्दै संसदमा अवरोध गरेको छ ।

मंगलबार प्रतिनिधिसभाको बैठकको सुरुमै समय लिएर रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले जिल्ला निर्वाचन कार्यालय फिर्ता नलिए संसदमा उठेर अवरोध गर्ने बताए ।

सभामुख देवराज घिमिरेले बजेटको मन्त्रालयत शीर्षकमाथि उठेका प्रश्नहरुको जवाफ दिने कार्यसूची र हेको र त्यसक्रममा जवाफ आउने बताए । तर, रास्वपाले त्यसलाई मानेन र अवरोध गरेको छ ।

रास्वपाको अवरोधलाई एमालेले पनि साथ दिएको छ । एमालेले पनि संसदमा उठेर अवरोध गरेको छ ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win