प्रधानमन्त्रीलाई प्रचण्डको प्रस्ताव : ओली फकाउन बालकोट नै जाऔँ, आउँदो चुनावसम्म नै संसद अवरोध गरिरहन्छौँ : ओली
एन सञ्चार, पौष १०।।
१. देशभर चिसो बढ्यो, सतर्कता अपनाउन अनुरोध
पछिल्ला दिनमा राजधानी काठमाडौँ उपत्यकासहित देशैभर चिसो बढिरहेको छ। दिउँसोपख मधुरो घाम लागे पनि अधिकतम र न्यूनतम तापक्रममा फेरबदल भइरहेकाले चिसो अझै बढ्न सक्ने विज्ञले औँल्याएका छन् ।
गत एकसातामा न्यूनतम तापक्रम घटे पनि घाम लागेकाले तुलनात्मकरुपमा कम चिसो महशुस हुँदा दुई दिनयता राजधानीसहित देशभर बढी चिसो महशुस गरिएको छ। मौसम पूर्वानुमान महाशाखाको विवरणमा एकसाताको अवधिमा न्यूनतम दुईदेखि चार डिग्रि र अधिकतम तापक्रम १६, १८ तथा २० हाराहारी थियो। आज काठमाडौँको न्यूनतम चार दशमलव चार र अधिकतम १८ डिग्रि सेल्सियस रहेको छ।
अबका दिनमा मौसम फेरबदल भइरहने छ। अझै चिसो बढ्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन मौसमविद् शान्ति कँडेलले बताइन्। “अबका दिनमा मौसम फेरबदल भइरहन्छ, हल्का वर्षा र हिमपातको सम्भावना रहन्छ”, उनले भनिन्, “अधिकतम तापक्रम एकरदुई डिग्रि सेल्सियस बढे पनि न्यूनतम तापक्रम घट्ने र बदलीसँगै घाम कमजोर हुने हुनाले चिसो क्रमशः बढ्ने देखिन्छ, तापक्रम माइनस पुग्छ पुग्दैन अहिले भनिहाल्ने अवस्था छैन” अहिले नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन। तथापी पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसमविद् कँडेलको भनाइ छ।
उनका अनुसार अहिले देशभर आंशिकदेखि सामान्य बदली रहेको छ। उच्च पहाडी भेगमा हल्का हिमपात र एक, दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाले तीन दिनको मौसम पूर्वानुमान गर्ने गरेको छ। महाशाखाको विवरणमा पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा सामान्यतया मौसम सफा रहेको छ। प्रदेश नं १ र बागमती प्रदेशको पहाडी भू–भागका एक, दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ।
यस्तै सुदूरपश्चिम प्रदेश तथा अन्य प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा सामान्यतया मौसम सफा रहनेछ। देशका उच्च पहाडी र हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ। महाशाखाले तराईका भू–भागमा बिहानको समयमा बाक्लो हुस्सु तथा कुहिरो लागुका साथै देशभर चिसो बढ्ने क्रममा रहेकाले चिसोबाट बच्न आवश्यक सुरक्षा सतर्कता अपनाउनसमेत अनुरोध गरेको छ।
२. आउँदो चुनावसम्म नै संसद अवरोध गरिरहन्छौँ : ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनावसम्मै संसद अवरोध गर्ने बताउनुभएको छ । विराटनगरमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष ओलीले चुनाव भएर नयाँ प्रतिनिधि नआउञ्जेल संसदमा अवरोध भैरहने बताउनुभएको हो ।
अहिले पनि बलपूर्वक संसद चलिरहेको भन्दै ओलीले संसद ठप्प नभएको तर अवरोध रहिरहने बताउनुभयो । आफ्ना १४ जना सांसदलाई निष्कासनको कारबाही गरेर संसदलाई जानकारी गराउँदा सभामुख अग्निप्रसाद सापकोटाले त्यसलाई मान्यता नदिएको विरोधमा नेकपा एमालेले भदौ २३ गतेदेखि लगातार संसद अवरोध गर्दै आएको छ । आफूहरुले गरेको कारबाहीलाई सभामुखले मान्यता नदिएर दल विभाजन गर्न सहयोग गरेको एमालेको आरोप छ । तर एमालेको विरोधका बाबजुद सभामुख सापकोटाले संसद बैठक सञ्चालन गरिरहनुभएको छ ।
एमाले अध्यक्ष ओलीले चुनावमा एमालेले बहुमत ल्याउने दावी पनि दोहोर्याउनुभयो । अमेरिकी सहयोग एमसीसीको बारेमा सरकारको स्पष्ट धारणा आउनुपर्ने ओलीको भनाइ छ । सरकारले एमसीसीको बारेमा आफ्नो स्पष्ट धारणा सार्वजनिक गरेपछि मात्रै आफूहरुले पनि एमसीसीको बारेमा धारणा बनाउने उहाँले बताउनुभयो ।
३. एमसीसी नेपालले नै प्रस्ताव गरेको परियोजना हो, यसबारे हामी सकारात्मक हुनुपर्छ : गृहमन्त्री खाँण
गृहमन्त्री बालकृष्ण खाँणले एमसीसी नेपालले नै प्रस्ताव गरेको विकास परियोजना भएकाले यसबारे सबै नेपालीले सकारात्मक हुनुपर्ने बताउनुभएको छ ।
गोरखामा पत्रकारहरुसँग कुरा गर्दै उहाँले एमसीसीका बारेमा सत्तागठबन्धनका दलहरुबीच साझा धारणा बनाउन पहल भैरहेको जानकारी दिनुभयो । संसदबाट उक्त प्रस्ताव पास गर्नुपर्नेमा पनि उहाँको जोड छ ।उहाँले एमसीसी प्रस्ताव संसदमा पेस गर्नका लागि साइत हेरिरहनु नपर्ने पनि बताउनुभयो ।
‘एमसीसी नेपालले नै प्रस्ताव गरेको विकास परियोजना हो, यसमा हामी सबै नेपाली सकारात्मक रहनुपर्दछ, यो कुनै सैन्य गठबन्धन होइन’, गृहमन्त्री खाँणले भन्नुभयो, ‘नेपालमा खास गरेर विद्युत् प्रशारण लाइन, सडक निर्माण, गरीबी निवारण र रोजगारी वृद्धिका लागि नेपाल सरकारले नै यो परियोजना प्रस्ताव गरेको हो । यो सम्झौतालाई सदनबाट पास गर्ने प्रावधान नेपालले राख्यो । त्यही अन्तर्गतनै यो संसदबाट पास हुनुपर्दछ र टुंगो लाग्नु पर्छ ।’
यस्तै फरक प्रसंगमा मन्त्री खाँणले निर्वाचन आयोगले प्रस्ताव गरेको मितिमा स्थानीय तहको चुनाव गराउनेबारे सरकारले छलफल थालेको पनि बताउनुभयो । सबै तहको निर्वाचन एकै चरणमा पर्ने गरि आयोगले प्रस्ताव गरेमा सुरक्षा लगायतका व्यवस्थापनका काममा सरकार सक्षम रहेको उहाँको भनाइ छ ।
गृहमन्त्री खाँण गोरखा उद्योग वाणिज्य संघको ४६ औं वार्षिक साधारणसभा र १६ औं अधिवेशनको उद्घाटन गर्न गोरखा आउनुभएको हो ।
४. प्रधानमन्त्रीलाई प्रचण्डको प्रस्ताव : ओली फकाउन बालकोट नै जाऔँ
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवासँग एमालेका अध्यक्ष केपी शर्मा ओली लगातार बैठकमा नआएको हुँदा आफूहरु दुईजना नै बालकोट पुगेर समस्या समाधानको पहल थाल्न प्रस्ताव गरेका छन् ।
उनले सो कुरा शनिबार विभिन्न सञ्चारमाध्यमका सम्पादकहरुसँगको छलफलमा बताएका हुन् ।
“मैले प्रधानमन्त्रीसँग भनेको छु,” दाहालले भने, “ओली बालुवाटार नआउने भए हामी दुईजना बालकोट नै जाऔँ र समस्याको समाधानका लागि पहल गरौँ । प्रधानमन्त्रीले महाधिवेशनपछि भनेको हुँदा हामी रोकिएका हौँ ।”
उनले माधवकुमार नेपाल संसद्मा रहेसम्म ओली नआउने कुरा सुहाउँदो नभएको बताए ।
उनले अहिले गठबन्धन टुट्ने अवस्था नरहेको बताउँदै कांग्रेस सभापति शेरबहादुर देउवासँग धेरै कुरा भएको बताए ।
“एकथरीले गठबन्धन टुटाउन प्रयास गरिरहेका छन्,” दाहालले भने, “तर अहिले त्यो टुट्नेवाला छैन । अहिले नेकपा एमालेले पनि कांग्रेसलाई गठबन्धन टुटाए एकल सरकारका लागि सहयोग गर्छौँ भनेको सुनियो तर राजनीतिमा त्यस्तो हुँदैन ।”
एमसीसीका कारण पनि गठबन्धन नटुट्ने बताउँदै प्रश्न उठिसकेकाले केही अध्ययन गर्न लागिएको बताए । उनले माधवकुमार नेपालसहित विभिन्न वामपन्थी र पुराना माओवादीका नेताहरुसँग पनि एकताको कुरा भइराखेको खुलासा गरे ।
“माधव नेपालसहित वामपन्थी नेताहरु ढिलोचाँडो एकठाउँमा हुन्छौँ,” दाहालको भनाइ थियो,“माधव नेपालसँग हाम्रो दुरी छैन ।”
बरु प्रचण्डपथ स्थगित गर्दा अलि विचार पुगेन कि भन्ने भएको बताए ।
५. कोरोना अपडेटः थप १६७ जनामा संक्रमण, एक जनाको मृत्यु
गत २४ घण्टाभित्र नेपालमा थप १६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ४४७ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। ४ हजार २८३ जनाको पिसिआर परीक्षण र
२ हजार १६४ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।
हालसम्म संक्रमितको संख्या पिसिआर परीक्षणबाट ८ लाख २७ हजार ५८ र एन्टिजेन परीक्षणबाट ९६ हजार १२५ रहेको छ।
निको हुनेको संख्या २२६ जना रहेको मन्त्रालयले जनाएको छ। हालसम्म निको हुनेको कूल संख्या ८ लाख १० हजार ४९७ पुगेको छ।
संक्रमणबाट १ जनाको मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ५८३ रहेको छ।
नेपालमा हाल ४ हजार ९७८ जना सक्रिय संक्रमित छन्। गत २४ घण्टामा २ लाख ५५ हजार ४५८ खोप लगाइएको छ।
६. ‘ए’ डिभिजन लिगमा हिमालयन शेर्पाले च्यासललाई हरायो
शहीद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आज भएको पहिलो खेलमा हिमालयन शेर्पाले च्यासल युथ क्लबलाई हराएको छ ।
काठमाण्डौको त्रिपुरेश्वरमा रहेको दशरथ रंगशालामा भएको खेलमा हिमालयन शेर्पाले च्यासललाई ३–१ गोलले हरायो । हिमालयनका लागि विदेशी खेलाडी मुटम्बा पिस्टनले २ र सुरेश कुमालले एक गोल गरे । जितसँगै हिमालय शेर्पा आठ अंकसहित छैठौँ स्थानमा छ । पराजित भएको च्यासल युथ क्लब ४ अंकका साथ १३ औं स्थानमा छ ।
७.अलग्गिइन् विवेकशील साझा पार्टीबाट रन्जु दर्शना
विवेकशील साझा पार्टीकी नेतृ रञ्जु दर्शनाले पार्टी परित्याग गरेकी छन् । उनले साधारण सदस्यसमेत नरहने गरी पार्टीसँगको यात्रामा पूर्णविराम लगाउने निर्णय गरेकी हुन् ।
अब एक सचेत स्वतन्त्र नागरिकको भूमिकामा मात्रै राजनीति रुपमा सक्रिय रहने उनले बताएकी छन् ।
सके राजनीतिमा फोहोर सफा गर्छ, नसके फोहोर गर्दिनँ भनेर राजनीतिमा लागेको भन्दै उनले भनेकी छन्, ‘अहिले म संलग्न पार्टीले संघीय गणतान्त्रिक नेपालमा वैकल्पिक राजनीतिको खोल ओढेर अत्यधिक फोहोर गरिरहेको छ । जुन मैले सफा गर्ने कोशिस पनि गरें तर पूर्णरुपले सफा गर्न असमर्थ रहें । तसर्थ म यही संगठनमा बसेर नेपाली राजनीतिमा बसेर थप फोहोर बढाउन सक्दिनँ ।’
बिहीबार उनले अध्यक्ष रवीन्द्र मिश्रलाई सम्बोधन गर्दै इमेल र पत्र पठाएर पार्टीको सम्पूर्ण जिम्मेवारी र पदबाट अलग भएको घोषणा गरेकी छन् ।
“मिति २०७८ पौष ८ गतेबाट अन्य कुनै राजनीतिक निर्णय नलिएसम्म एक सचेत स्वतन्त्र नागरिकको भूमिकामा मात्रै राजनीतिक रूपमा सक्रिय रहनेछ,” पत्रमा भनिएको छ ।
८. महिला भलिबल टोलीको लगातार तेस्रो जित
नेपाली महिला भलिबल टोलीले एसियन सेन्ट्रल जोन महिला तथा पुरुष च्यालेन्ज कपमा लगातार तेस्रो जित निकाल्ने क्रममा शनिबार बिहान आयोजक बंलादेशलाई ३–० को सोझो सेटमा हराएको छ छ ।
बंगलादेशको ढाकास्थित शाहीद सोह्रावर्दी नेसनल इन्डोर स्टेडियममा घरेलु टोलीले नेपाललाई कुनै पनि चुनौती पेस गर्न सकेन । नेपालले बंगलादेशलाई २५–५, २५–१५, २५–१७ को स्कोरमा पराजित गरेको हो ।
साबिक विजेता नेपाली महिला टोलीको यसअघि बिहीबार श्रीलंकाविरुद्ध उत्कृष्ट पुनरागमनमा ३–२ सेटको विजय हासिल गरेको थियो । शुक्रबार सम्पन्न दोस्रो खेलमा माल्दिभ्सलाई ३–० को सोझो सेटमा हराएको थियो ।
नेपाली महिला टोलीले अब आइतबार उज्वेकिस्तानविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।
९. देश हितविपरीतका प्रावधान नसच्याई एमसीसी अनुमोदन गरिए राष्ट्रघात : भीम रावल
नेकपा (एमाले) का नेता भीम रावलले एमसीसीमा रहेको देश हितविपरीतका प्रावधान नसच्याई अनुमोदन गरिए राष्ट्रघात हुने बताएका छन् ।
शनिबार काठमाडौंमा नेपाल/चीन जनमैत्री प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा रावलले एमसीसी इन्डो प्यासिफिक रणनीतिअन्तर्गतको रहेको पुष्टि भइसकेको भन्दै देश हितविपरीतका प्रावधान नसच्याई अनुमोदन गरिए राष्ट्रघात हुने बताएका हुन् ।
अमेरिकाका मन्त्रीले नै एमसीसी इन्डो प्यासिफिक रणनीतिअन्तर्गत हो भनिसकेको अवस्थामा नेपालका विज्ञ भन्नेले होइन भनेर एमसीसीको बचाउन गर्नु हास्यास्पद भएको उनको भनाइ छ । उनले आफूले एमसीसीबारे सबै प्रावधान पढेको भन्दै नेपालीलाई मूर्ख बनाउने काम नगर्न सुझाव दिए ।
पाँचतारे होटेलमा एमसीसी परियोजनाको कार्यालय रहेको भन्दै उक्त कार्यालयमा नेपालीको कर खर्च गरिएको आरोप पनि उनले लगाए ।
नेता रावलले एमसीसीको प्रस्तावना र विभिन्न धारा तथा सम्झौतामा उल्लेख बुँदाहरू सार्वभौमिक समानताको सिद्धान्तविपरीत रहेको तर्क गरे ।
कावासाेतीः व्यक्तिगत आयकर तथा कम्पनी दर्ता र सवारी
२८ असार, चितवन । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदो
पछिल्लो समय गर्भपतन गराउनेको संख्या बढ्दै गइरहेको छ
दिपेन्द्र रेग्मी, कावासोती, : सरकारसँग विभिन्न १६ बुँदे
काठमाडौं । लघुवित्त पीडित र मिटरव्याज पीडितको आन्दोलनका
रामकुमार श्रेष्ठ – नवलपुर । नवलपुरको कावासोतीमा रहेको
कावासोती, मंसिर ५ गते । नवलपुर सदरमुकाम कावासोती