0 प्रतिक्रिया
नवलपरासिको रामजानकी मन्दिरका पुजारीमाथि चक्कु प्रहार
साउन १९, नवलपरासी : नवलपरासी (वर्दघाट सुस्ता पश्चिम) को पाल्हीनन्दनमा रहेको एक मन्दिरका पुजारीमाथि चक्कु प्रहार भएको छ । जिल्लाको पाल्हीनन्दन गाउँपालिका २ भक्सिपुरस्थित रामजानकी मन्दिरका पुजारी ५५ वर्षीय जयसराज पाण्डेमाथि चक्कु प्रहार भएको हो । पाण्डे दुई वर्षदेखि त्यहाँ पुजारी थिए । एक व्यक्तिले बिहीबार दिउँसो पाण्डेको टाउकोमा चक्कु हानेर मोबाइल लुटेर फरार भएका छन् ।
टाउकोमा चोट लागेका पाण्डेको पृथ्वीचन्द्र अस्पताल परासीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी भोजराज पाण्डेयले जानकारी दिए । चक्कु हान्ने व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
-- Sponsored --



