सीटीईभीटीमा रिक्त पदका लागि परीक्षा तालिका सार्वजनिक

  • शिक्षा
  • २०७९ श्रावण २४, मंगलवार १५:१९

२४ साउन, काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले विज्ञापन गरेको अढाई वर्ष विभिन्न रिक्त पदको पदपूर्तिका लागि परीक्षा गर्ने भएको छ ।

२०७६ माघ २४ गते गरेको विज्ञापनको आन्तिरिक तथा खुला प्रतियोगितात्मक लिखित परीक्षाको परीक्षा तालिका सोमबार सार्वजनिक गरेको छ ।

सर्वोच्च अदालतले २०७६ फागुन ३० गते उत्प्रेषणको आदेशबाट लिखित परीक्षाको कार्यक्रम यथास्थितिमा राख्ने आदेश दिएपछि परिषद्ले परीक्षा सञ्चालन गर्न सकेको थिएन ।

सर्वोच्चले उक्त मुद्दा फिर्ता लिईसकेको भन्दै गत जेठ १६ गते लोक सेवा आयोगबाट विभिन्न मिति र समयमा परीक्षा कार्यक्रम संचालन गर्न सहमति दिएकाले परीक्षाको समयतालिका सार्वजनिक गरेको सीटीईभीटीले जनाएको छ ।

सार्वजनिक समयतालिका अनुसार परीक्षा भदौ १६ गतेदेखि असोज १४ गतेसम्म लोक सेवा आयोग अनामनगरमा सञ्चालन हुनेछ ।

परिषद्ले समयतालिका सार्वजनिक गर्दै परीक्षा सञ्चालन हुने दिन अप्रत्यासित विदा पर्न गएमा पनि आयोगको पूर्व सूचना विना निर्धारित परीक्षा कार्यक्रम स्थगित नहुने जनाएको छ ।

कोभिडको संक्रमण बढ्दै गएको स्वास्थ्य सुरक्षाको मापदण्ड सहित परीक्षा हलमा प्रवेश गर्न सूचित गरेको छ ।

सूचना हेर्नुहोस् :

  • सम्बन्धित समाचारहरूः

    • २०८१ माघ १, मंगलवार १६:१७
    • 46 views
    यो वर्षको एसईई आगामी चैत ७ गतेदेखि, यस्तो छ समय तालिका

    कावासोती । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले शैक्षिक सत्र २०८१ को माध्यमिक शिक्षा परीक्षा (एसईई) को समयतालिका सार्वजनिक गरेको छ । सार्वजनिक तालिका अनुसार एसईई चैत…

    विस्तृत.....

    • २०८१ आश्विन ३, बिहीबार ०८:३५
    • 166 views
    राष्ट्रिय शिक्षा दिवसको अवसरमा कावासोतीका उत्कृष्ट विद्यालय, शिक्षक र विद्यार्थि सम्मानित

    असोज ३, कावासोती: दोश्रो राष्ट्रिय शिक्षा दिवसको अवसरमा बुधबार कावासोति नगरपालिका भित्रका उत्कृष्ट विद्यालय, शिक्षक एवं विद्यार्थिहरुलाई सम्मान गरिएको छ ।   नवलपुरको कावासोति नगरपालिकाद्धारा आयोजित पुरस्कार वितरण एवं सम्मान…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *