+
+
-- Sponsored Ad --

गर्भवतीको उपचारको क्रममा मृत्यु भएपछि चितवनको मनकामना अस्पतालमा तनाव

211 पटक हेरिएको
Clock २०८० श्रावण २०, शनिबार १२:१८
Manakamana-hospital
-- Sponsored --

साउन २०, चितवन : चितवनको भरतपुरस्थित मनकामना अस्पतालमा उपचारको क्रममा तीन महिने गर्भवी महिलाको मृत्यु भएपछि अस्पतालमा तनाव भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार भरतपुर महानगरपालिका वडा नंं २६ घर भएकी ३२ वर्षीया नविना महतोको उपचारको क्रममा मृत्यु भएको हो । रक्तश्राव भएर अस्पताल आएकी नविनाको उपचारमा लापरबाही भएकोले मृत्यु भएको भन्दै आफन्तहरुले अस्पताल घेराउ गरेका छन् । उनको शुक्रबार दिउँसो अपरेशन गरिएको अस्पतालले जनाएको छ । महतोका देवर सन्तोष चौधरीले सामान्य रक्तश्रावमा पनि अस्पतालले हेलचेक्र्याइँ गरेको कारण ज्यानै गएको बताए ।

अस्पतालले शव बुझ्ने कागजमा जबरजस्ती हस्ताक्षर गराउन खोजेको पीडित परिवारको आरोप छ । मृतकका आफन्तले अस्पतालको गेटमा चाबी लगाइएका छन् । अहिले छलफल सुरु गर्न लागिएको छ । अस्पतालमा रातिदेखि नै प्रहरी परिचालन गरिएको छ ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win