+
+
-- Sponsored Ad --

मध्यविन्दुमा छाडा तथा भुस्याहा कुकुरका लागि निःशुल्क ‘बन्ध्याकरण’

413 पटक हेरिएको
Clock २०७८ कार्तिक १४, आईतवार १९:५९
-- Sponsored --

कात्तिक १४, चोरमारा । नवलपुरको मध्यविन्दु नगरपालिकामा रहेका सामुदायिक कुकुरहरुका लागी निशुल्क बन्ध्याकरण शिविर संचालन गरिएको छ ।

सामुदायिक कुकुहरुका कारण राजमार्ग तथा अन्य सडकहरुमा दुर्घटना बढ्ने, रेविज रोग फैलिन सक्ने भएकोले बन्ध्याकरण अभियान संचालनमा ल्याएको पशु सेवा शााखाका प्रमुख ज्ञान प्रसाद भट्टराईले बताउनुभयो ।

भट्टराईका अनुसार पहिलो पटक नगर भित्र रहेका सामुदायिक कुकुरहरुलाई बन्ध्याकरण शिविर संचालन गरिएको हो । हाल १ सय २५ कुकुरको बन्ध्याकरण गरिने बताउदै आगामि दिनमा पनि यस्ताखालका कार्यक्रम प्राथामिक्तामा राख्दै अगाडि बढाउने भट्टराईले बताउनुभयो ।

कुकुरको जनसंख्या वढ्न नदिन तथा उचित ब्यवस्थापन गर्दे कुकुरको संख्या घटाउन भन्दै नगरमै पहिलो पटक विशेषज्ञ सेवा सहित शिविर संचालन गरिएको शिविर प्रभाबकारी हुने कृर्षि तथा पशु संयोजक कुल वहादुर गुरुङले बताउनु भयो ।

कार्यक्रममा प्रमुख अतिथि रहनु भएको वडा नं ७ का वडा अध्यक्ष अमृत ज्ञावलीेले शिविर नगरकै सबै कुकुरलाई आवश्यक रहेको बताउदै आफ्नो क्षेत्रबाट आफु सधै तत्पर रहेको बताउनु भयो ।कृर्षि तथा पशु संयोजक कुल वहादुर गुरुङलेको अध्यक्षतामा भएको हो । बन्ध्याकरण डाक्टर अर्जुन अर्यालको टोलीले गराएको छ ।

शिविर संचालनका लागी ५ लाख बजेट विनियोजित गरिएको बताइएको छ । नगर पशुसेवा शाखाले यस अगि गाई तथा भैँसीहरुलाई चरचरे तथा भ्यागुते रोग बिरुद्ध खोप र खाँसका विरुवाहरु वितरण गरेको थियो । अव पशुहरुका लागी खोरेतको खोप योजना ल्याएको बताएको छ ।

 

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win