+
+
-- Sponsored Ad --

पत्रकार सिंहकाे स्मृतिमा पत्रकार महासंघ धनुषा शाखाले दिप प्रज्जवलन गर्ने

231 पटक हेरिएको
Clock २०८० पुष २७, शुक्रबार १०:३१
-- Sponsored --

जनकपुरधाम – पत्रकार महिला उमा सिंहको हत्या भएको आज १५ वर्ष पूरा भएको छ । उको स्मृति दिवस पत्रकार संगठनले छुट्टाछुट्टै कार्यक्रम गरी आज मनाइँदै छ ।

सहिद सिंहको १५ औं स्मृति दिवसको अवसरमा नेपाल पत्रकार महासंघ धनुषा शाखाले आज साँझ साढे ५ बजे दीप प्रज्वलन कार्यक्रम आयोजन गरेको छ ।

नेपाल पत्रकार महासंघ धनुषा शाखाको सभाहलमा दीपप्रज्वलन कार्यक्र आयोजन गरिएको शाखाकी अध्यक्ष मनिका झाले जानकारी दिइन् ।

वि.स. २०६५ पुस २७ गते आजकै राति जनकपुरको रेडियो टुडेमा कार्यरत २५ वर्षीया पत्रकार सिंहलाई जनकपुर नगरपालिका १४ रजौल स्थित डेरामा बसेको बेला अज्ञात समुहले धारिलो हतियार प्रहार गरि निर्ममतापूर्वक हत्या गरेका थिए ।

पत्रकार सिंहका मुख्य हत्यारा स्वामी भनिने उमेश यादव लगायत केहिले धनुषा जिल्ला अदालतबाट सर्वस्वसहित जन्मकैदको सजाय आदेश भई महोत्तरीको जलेश्वर कारागारमा छन् । घट्नामा संलग्न अन्य केहि अझै कानुनी दायरमा आउन सकेका छैनन् 

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win