+
+
-- Sponsored Ad --

संघ र प्रदेशकाे निर्वाचन दुइ चरणमा गर्न सरकारलाइ सुरक्षा निकायकाे सुझाव

305 पटक हेरिएको
Clock २०७९ असार २३, बिहीबार ११:२८
-- Sponsored --

काठमाडौं । नेपाल प्रहरीले संघ र प्रदेशको निर्वाचन दुई चरणमा गर्न सरकारलाई सुझाव दिएको छ ।

केन्द्रीय सुरक्षा समितिको बैठकमा प्रहरीले दुई चरणमा गर्दा सुरक्षा व्यवस्था बलियो र शान्तिपूर्ण हुने ठहर गरेको छ । स्थानीय तहको निर्वाचन एकै चरणमा गर्दा छिटपुट बाहेक कुनै अप्रिय घटना नभएपनि अबका निर्वाचनमा भने सुरक्षाको खतरा हुन सक्ने सुरक्षा निकायको आंकलन छ ।

सुरक्षा चुनौती आए एकै पटक पर्याप्त जनशक्ति व्यवस्थापन गर्न नसकिने भन्दै सुरक्षा अधिकारीहरूले दुई चरणमा निर्वाचन गर्नुपर्ने सुझाव दिएका हुन् ।

आफूहरूले दिएको सुझाव मान्ने नमान्ने काम सरकारको भएको प्रहरी अधिकारी बताउँछन् ।

निर्वाचन आयोगले आगामी मंसिर २ गते आम निर्वाचन गर्न सरकारलाई सुझाव दिएको छ । आयोगले बुधबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर मंसिरमा निर्वाचन गर्न उपयुक्त हुने सुझाव दिएको हो ।

यसअघि २०७४ मंसिरमा प्रदेश र प्रतिनिधिसभाको निर्वाचन दुई चरणमा भएको थियो ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win