+
+
-- Sponsored Ad --

हेल्पिङ हेन्डस् परासीद्वारा वाटर डिस्पेन्सर र विष्णु राज राय द्वारा चिनी,ग्रिन टि र गिलास हस्तान्तरण

679 पटक हेरिएको
Clock २०७८ जेष्ठ ६, बिहीबार २१:४७
-- Sponsored --

रंजीत शर्मा/ नवलपरासी/०५ जेठ ।

शुद्ध खानेपानी तथा तातो पानीको अस्पतालमा अभावका कारण कोरोना संक्रमित बिरामी तथा कुरुवाहरुको स्वास्थ्यमा समस्या हुन सक्ने भएको हुँदा रोटरी क्लब अफ नवलपरासी र रामग्राम जेसीज परासी मार्फत हेल्पिङ हेन्डस् परासीका अध्यक्ष सञ्जय शर्माद्वारा वाटर डिस्पेन्सर र रामग्राम जेसीज वर्ष २०२१ का उपाध्यक्ष जेसी विष्णु राज रावद्वारा आफ्नो जन्मदिनको अवसर पारी चिनी,ग्रिन टि र गिलास लगायत पृथ्वी चन्द्र अस्पताल परासीका अध्यक्ष जगदीश चौधरीलाई हस्तान्तरण गरिएको छ ।

दुवै संस्थाको मार्फत आज एक कार्यक्रम गरि वाटर डिस्पेन्सर, चिनी,ग्रिन टि र गिलास लगायत पृथ्वीचन्द्र अस्पताल परासीका अध्यक्ष जगदीश चौधरीलाई हस्तान्तरण गरेका हुन् ।

रोटरी क्लबका अध्यक्ष सुमन गोपाल आचार्य ,रामग्राम जेसीजका अध्यक्ष चन्द्रमणि चौधरी,हेल्पिङ हेन्डस् परासीका अध्यक्ष सञ्जय शर्मा ,रामग्राम जेसीज वर्ष २०२१ का उपाध्यक्ष जेसी विष्णु राज राव लगायतको सामाजिक दूरी सहित सहभागीता रहेको थियो।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win