+
+
-- Sponsored Ad --

हुप्सेकोटका खाम्चाको झ्यालबाट खसेर मृत्यु

310 पटक हेरिएको
Clock २०८१ श्रावण ३, बिहीबार १४:४४
CMS
-- Sponsored --

साउन ०३, कावासोति
चितवनको पुरानो मेडिकल कलेज (COMS) को तेस्रो तलाबाट खसेर हुप्सेकोटका एक वृद्धको मृत्यु भएको छ । नवलपरासि पूर्व नवलपुरको हुप्सेकोट गाउँपालिका वडा नं. २ घर भएका ७६ वर्षीय बलबहादुर खाम्चा मगरको तेश्रो तलामा रहेको कोठाको झ्यालबाट खसेर मृत्यु भएको हो ।

पिसाब थैलीमा क्यान्सर देखिएपछि साउन २ गते अस्पतालमा भर्ना भई उपचार गराइरहेका मगर बिहीबार बिहान १०ः४० बजेको समयमा तेस्रो तलाको झ्यालबाट खसेको जिल्ला प्रहरी कार्यालय चितवनले बताएको छ । प्रहरीका अनुसार झ्यालबाट खसेर घाइते भएका मगरको सोही अस्पतालमा उपचारको क्रममा बिहान ११ः३० बजे मृत्यु भएको डाक्टरले पुष्टि गरेको प्रहरिले बताएको हो ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win