
कावासोती नगरपालिकको सुविधा सम्पन्न प्रशासनिक भवन बनेको छ । कावासोती नगरपालिकको १२ करोड भन्दा बढी लगानीमा भुई तला पार्किङ सहित ३ तले भवन मात्र निमार्ण भएको हो ।
भवन १२ हजार भन्दा बढि स्क्यरफिटमा बनेको र भवनको तल्लो तलामा पार्किङ्ग र माथिल्लो २ तलामा ५५ वटा कोठा रहेको कावासोती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश घर्तीले बताए । भवन निर्माण भए पछि नगरपालिका मातहत रहेका सम्बन्धित विषयका शाखा कार्यालयहरु भाडाको कार्यालयमा बस्नु पर्ने बाध्यता हटेको प्रमुख प्रशासकीय अधिकृत घर्तीको भनाई छ ।
सबै शाखा एकै ठाउँमा भए पछि सेवाग्राहीलाई पनि सहज हुने घर्तीले बताए । पुर्वी नवलपरासीको कावासोती नगरपालिकमा तल्लो दुई तथा व्यापारिक प्रयोजनका लागि भाडामा दिने र माथिल्लो दुई तलामा कावासोती नगरपालिकाको सबै शाखाहरु रहने गरी बहु आयमिक भवन निर्माण गरिएको हो । तथापि अहिले ३ तल्ला मात्र निर्माण गरिएको छ भने बाँकी दुई तला पछि निर्माण गरिने जनाइएको छ ।
सो भवन निमार्ण भैसकेपछि एउटै भवनमा कावासोती नगरपालिकाको सबै शाखाहरु समेत राखिएपछि कावासोती नगरपालिकाको सबै कामहरु अहिले एउटै भवनबाट भएको छ । उक्त भवन बनेपछि प्राविधिक कक्ष, स्वास्थ्य शाखा, शिक्षा शाखा लगायतका सबै शाखाहरु पहिलाको भन्दा व्यवस्थित रहेको र सेवाग्राहीले सहजै सेवा पाएको कावासोती नगरपालिकका उपप्रमुख प्रेमशंकर मर्दनियाको दावी छ ।