+
+
-- Sponsored Ad --

तगडा भैंसी जस्ले बाघलाइ नै मार्‍यो ।

314 पटक हेरिएको
Clock २०८१ भाद्र ६, बिहीबार १०:५५
-- Sponsored --

हेटौँडा । मकवानपुरको मनहरी गाउँपालिकामा बाघ मृत फेला परेको छ ।

बिहीबार बिहान सवा ३ बजे मनहरी गाउँपालिका–६ प्रतापुर बस्ने बलबहादुर राईको भैँसी गोठमा बाघ मृत फेला परेको हो ।

जस्ताको छानो भएको राईको गोठमा रहेको भैँसीसँग जुध्दा बाघको मृत्यु भए जस्तो देखिएको पर्सा वन्यजन्तु आरक्षण सुरक्षार्थ खटिएको नेपाली सेनाको टोलीले अनुमान गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

गोठमा रहेको भैँसीलाई पनि थोरै चोट लागेको तर अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिए ।

चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने उक्त स्थानमा बाघ लगायत जंगली जनावरको आक्रमणले बेला/बेलामा क्षति हुने गरेको छ ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win