+
+
-- Sponsored Ad --

भ्रष्टाचार र ठगीसम्बन्धी कारबाहीमा हाम्रो समर्थन छ, तर भेदभाव गर्न पाइँदैन : नारायणकाजी श्रेष्ठ

173 पटक हेरिएको
Clock २०८१ कार्तिक १०, शनिबार १७:१६
-- Sponsored --

१० कात्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भ्रष्टाचार र ठगीसम्बन्धी अनुसन्धान निष्पक्ष हुनुपर्ने बताएका छन् ।

शनिबार पार्टीले काठमाडौं आयोजना गरेको खबरदारी सभामा सम्बोधन गर्दै उनले यस्तो घटनाको अनुसन्धान अघि बढोस् भन्ने नै आफूहरुको चाहना रहेको बताए ।

विपक्षी मोर्चामा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेका छन् ।

श्रेष्ठले यही प्रकरणतर्फ संकेत गर्दै भने, ‘हामी कुनै पनि भ्रष्टाचाराविरोधी कारबाही, ठगीविरुद्ध कारबाही कानुन सम्मत ढंगले अगाडि बढोस् भन्ने चाहन्छौं, यसमा कुनै भ्रम पैदा नगरियोस्, हामीले भनेको के हो भने त्यस्ता अनुसन्धान स्वच्छ र निष्पक्ष हुनुपर्छ र भेदभाव गर्नुहुँदैन । भ्रष्टाचार र ठगीविरुद्धको अनुसन्धान अघि बढोस् भन्ने चाहन्छौं ।’

वरिष्ठ उपाध्यक्ष श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेको पार्टी कार्यालय भवन व्यवसायी मीनबहादुर गुरुङसँग दानमा लिएकामा पनि आपत्ति जनाए ।

ललिता निवास प्रकरणमा कीर्ते र संगठित अपराधको मुद्दा विचाराधीन रहेको र एउटा मुद्दामा विशेष अदालतले दोषी ठहर गरिसकेको व्यक्तिलाई प्रधानमन्त्रीले सफाइ दिन नमिल्ने उनले बताए ।

‘प्रधानमन्त्रीले अदालतले दोषी ठहर गरिसकेको, सर्वोच्चमा विचाराधीन मुद्दा रहेको व्यक्तिलाई सफाइ दिन मिल्छ कि मिल्दैन, यही हो कानुनी शासन ?’, पूर्वगृहमन्त्रीसमेत रहेका श्रेष्ठले भने ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win