+
+
-- Sponsored Ad --

जनप्रतिनिधिले घाेषणा पत्र पल्टाएर जनताकाे काम गर्नुपर्छ : युवा नेता गिरी

132 पटक हेरिएको
Clock २०८१ पुष १, सोमबार १७:४३
-- Sponsored --

बुलिङटार । नेकपा ( एमाले) का युवा नेता एवम् गण्डकी प्रदेश कमिटीका सदस्य विद्रोही गिरीले चुनावका बेला जनताकाे बीचमा सार्वजनिक गरेकाे घाेषणा पत्र पल्टाएर जनप्रतिनिधिले काम गर्नुपर्ने बताउनु भएकाे छ । बुलिङटार गाउँपालिका वडा नं २ काे दाेश्राे वडा अधिवेशनकाे उद्घाटन सत्रमा आइतबार बाेझामा बाेल्दै उहाँले उक्त कुरा बताउनु भएकाे हाे ।

चुनाव भएकाे आधा कार्यकाल सकिएकाले घाेषणा पत्रमा उल्लेख भएका कति काम पूरा भए साेकाे मध्यावधि समीक्षा गर्दै अघि बढ्ने कुरामा जनप्रतिनिधि र पार्टीका कार्यकर्ता लाग्नुपर्छ युवा नेता गिरीले भन्नुभयाे-” मिसन ८४ मा बहुमत पूरा गर्न सबैले जिम्मेवारी अनुसार काम गर्दा सम्भव छ , नेता र कार्यकर्ता बिशेषका एजेन्डा हाेइन पार्टीको एजेन्डा स्थापित गर्न लाग्नुपर्छ”।

कार्यक्रममा प्रदेश कमिटी कमिटी सदस्य गाेपेन्द्र केशरी न्याैपानेले विकासकाे अगुवाइ एमालेले मात्र गर्ने दाबी गर्नुभयाे । जिल्ला कमिटी सदस्य तथा बुलिङटार गाउँपालिका अध्यक्ष दिपेन्द्र सुनारीले अबकाे चुनावमा एमालेलाई बुलिङटारमा बहुमत दिलाउने गरि खटिनु पर्ने बताउनुभयाे ।

कार्यक्रममा जिल्ला सचिवालय सदस्य कृष्ण बहादुर नेपाली ,जिल्ला कमिटी सदस्य टंकप्रसाद आले, एमाले पालिका अध्यक्ष मनवीर पुलामी र सचिव भाेजकुमार डिसुवा लगायतले साे अवसरमा बाेल्नु भएकाे थियो । अधिवेशनले ठाकुर पालकाे अध्यक्षतामा १९ सदस्यीय वडा कमिटी गठन गरेकाे छ ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win