+
+
-- Sponsored Ad --

इन्धनको मूल्य वृद्धिविरुद्ध टायर बालेर प्रदर्शन

750 पटक हेरिएको
Clock २०७८ माघ १९, बुधबार १५:२९
-- Sponsored --

१९ माघ, काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा विप्लव माओवादी निकट विद्यार्थी संगठनले टायर बालेर प्रदर्शन गरेका छन् ।

उनीहरुले काठमाडौं त्रिचन्द्र क्‍याम्पसअगाडि बुधबार पेट्रोलियम पदार्थको मूल्य बढाएको भन्‍दै देउवा सरकारविरुद्ध टायर बालेर प्रदर्शन गरेका हुन् ।

सरकारले मंगलबार राति १२ बजेदेखि लागू हुने गरी साविकको बिक्री मूल्यमा पेट्रोल र डिजल/मट्टीतेल प्रतिलिटर रु. ३ ले वृद्धि गरेको थियो।

यसअघि २०७० साल फागुन ३० गते भएको समायोजन अनुसर पेट्रोलको मूल्य प्रतिलिटर १४० रुपैयाँसम्म पुगेको थियो ।

 

आन्तरिक हवाई इन्धनमा प्रतिलिटर १० रुपैयाँले वृद्धि गरी बिक्री मूल्य ११६ रुपैयाँ तोकिएको छ । अन्तर्राष्ट्रिय हवाई इन्धनमा प्रतिकिलो लिटर अमेरिकी डलर १०० ले वृद्धि गरी प्रतिकिलोलिटर बिक्री मूल्य हो।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win