Warning: Attempt to read property "slug" on string in /home/asoftcom/nsancharonline.com/wp-content/themes/bishwasanchar/functions.php on line 85
नवलपरासीमा विद्यालयका लेखापाल ६५ हजार घुससहित पक्राउ नवलपरासीमा विद्यालयका लेखापाल ६५ हजार घुससहित पक्राउ - N. SANCHAR NEWS - एन सञ्चार न्युज
+
+
-- Sponsored Ad --

नवलपरासीमा विद्यालयका लेखापाल ६५ हजार घुससहित पक्राउ

121 पटक हेरिएको
Clock २०८१ पुष २४, बुधबार २०:३१
-- Sponsored --

२४ पुस, काठमाडौँ। नवलपरासी पश्चिमको पाल्हिनन्दन गाउँपालिका-५ स्थित राजनारायण माध्‍यमिक विद्यालयका लेखापाल र विद्यालय व्यवस्थापन समितिका सदस्‍य ६५ हजार घुससहित पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा विद्यालयका लेखापाल सुरेश गुप्ता र विद्यालय व्‍यवस्थापन समितिका सदस्य सुरेन्द्र प्रसाद कहार रहेका छन् ।

उनीहरूलाई अख्तिायर दुरूपयोग अनुसन्धान आयोग, बुटबलबाट खटिएको टोलीले घुस लिइरहेको अवस्थामा रंगे हात पक्राउ गरेको हो ।

उनीहरूले भवन निर्माण पश्‍चात अन्तिम बिल भुक्तानी गर्नका लागि सेवाग्राहीसँग घुस मागेको सूचनाको आधारमा दुवैजनालाई पक्राउ गरिएको अख्तियारका प्रवक्ता नरहरि घिरेले बताए ।

पक्राउ परेका उनीहरूमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win