नवलपरासीमा विद्यालयका लेखापाल ६५ हजार घुससहित पक्राउ

२४ पुस, काठमाडौँ। नवलपरासी पश्चिमको पाल्हिनन्दन गाउँपालिका-५ स्थित राजनारायण माध्‍यमिक विद्यालयका लेखापाल र विद्यालय व्यवस्थापन समितिका सदस्‍य ६५ हजार घुससहित पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा विद्यालयका लेखापाल सुरेश गुप्ता र विद्यालय व्‍यवस्थापन समितिका सदस्य सुरेन्द्र प्रसाद कहार रहेका छन् ।

उनीहरूलाई अख्तिायर दुरूपयोग अनुसन्धान आयोग, बुटबलबाट खटिएको टोलीले घुस लिइरहेको अवस्थामा रंगे हात पक्राउ गरेको हो ।

उनीहरूले भवन निर्माण पश्‍चात अन्तिम बिल भुक्तानी गर्नका लागि सेवाग्राहीसँग घुस मागेको सूचनाको आधारमा दुवैजनालाई पक्राउ गरिएको अख्तियारका प्रवक्ता नरहरि घिरेले बताए ।

पक्राउ परेका उनीहरूमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

  • सम्बन्धित समाचारहरूः

    • २०८१ माघ ७, सोमबार २२:०३
    • 7 views
    माघ २५ गतेदेखि आठौं नवलपुर महोत्सव

    कावासोती । आठौं नवलपुर महोत्सव माघ २५ गतेदेखि फागुन १० गतेसम्म सञ्चालन हुने भएको छ । नवलपुर उद्योग वाणिज्य संघको आयोजनामा आठौं नवलपुर महोत्सव हुने भएको हो । संघले शुक्रबार…

    विस्तृत.....

    • २०८१ माघ ७, सोमबार २१:४३
    • 7 views
    नमूना सदरमुकाममा १२ वटा संघीय कार्यालयको निर्माण सुरु गरिने

    कावासोती । नवलपुर जिल्ला सदरमुकामको स्वीकृत गुरुयोजना कार्यान्वयनको अनुगमन र आवश्यकता अनुसार परिमार्जन गर्न गठित समितिको सोमबार बसेको छैठौ बैठकले १२ वटा संघीय सरकारी कार्यालय भवनको निर्माण कार्य अगाडि बढाउने…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *