+
+
-- Sponsored Ad --

अर्जुनचौपारि गाउपालिकामा एक्सरे द्वारा छातिरोग सम्बन्धी खोजपडताल कार्यक्रम सम्पन्न, ५०० बढि लाभान्वित ।

357 पटक हेरिएको
Clock २०८१ पुष २८, आईतवार २०:०७
-- Sponsored --

दिपक विश्वकर्मा, एन.सन्चार, स्याङ्जा , पौष २८ : स्याङ्गजाकाे अर्जुनचौपारि गाउपालिकामा एक्सरे द्वारा छातिरोग सम्बन्धी खोजपडताल कार्यक्रम सम्पन्न भएकाे छ ।

क्षयरोग उपचार केन्द्र, गण्डकी प्रदेश, पोखरा र अर्जुनचौपारी गाउँपालिकाको सयुंक्त आयोजनामा आयोजित कार्यक्रमकाे स्वास्थ्य कार्यालय स्याङ्जाले समन्वय गरेकाे हाे । उक्त  १ दिने शिविर अर्जुनचौपारी गाउँपालिका वडा नं. २ स्थित अर्जुनचौपारी स्वास्थ्य चौकीमा सम्पन्न भएको हाे।

गाउँपालिका अध्यक्ष  प्रकाश तिवारीको अध्यक्षतामा उद्घाटन गरिएको उक्त शिविरमा ५०० जना सेवाग्राहीहरुको छातिको एक्स-रे (computerized assisted digital x-ray (AI)) गरिएको थियो।

शिविरमा उपस्थित व्यक्ति मध्ये ३८ जनाको खकारको नमुना सङ्कलन गरि गह्रौ-घ्याङ्लिङ प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा परिक्षणको लागि पठाइएको छ। स्वास्थ्य सेवालाई सहज पहुँचमा पुर्याउनका लागि गाउँ केन्द्रित स्वास्थ्य सेवा दिने थालेको पालिकाका अध्यक्ष तिवारिले बताउनुभयो।

अर्जुनचौपरि गाउँपालिकालाई क्षयरोगमुक्त पालिका बनाउन पालिकामा कार्यरत स्वास्थ्यकर्मीलाई गाउँमा लिएर स्थानीयको स्वास्थ्य जाँच र उनीहरूको स्वास्थ्य समस्या बारे समाधान गर्न लागि गाउँमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन जस्ता राहत हुने कार्यक्रम स्थानीय सरकारले विशेष प्रथामिकतामा राखेर काम गरिरहेको समेत तिवारिले बताउनुभयो|

 शिविरमा जम्मा ६ जनामा फोक्सोको क्षयरोग पत्ता लागेको छ। शिविरमा सहभागीहरुको लागि अर्जुनचौपारी गाउँपालिकाद्वारा ६ वटै वडामा नि-शुल्क यातायातको व्यवस्था गरेको थियो।

शिविरमा क्षयरोग उपचार केन्द्र, गण्डकी प्रदेश, पोखराका निर्देशक डा.सुनिलराज गौतम, मे.अ. तिलकमानसिंह भण्डारी, ल्याब टेक्निसियन निरिक्षक श्री राजेन्द्र रानाभाट, ल्याब टेक्निसियन श्री नरेन्द्र प्रकाश पौडेल, रेडियोग्राफर निरिक्षक श्री धन प्रसाद रेग्मी, भिरकोट नगर अस्पताल रेडियोग्राफर श्री रञ्जिता तिमिल्सिना लगायतको प्राविधिक टोलीद्वारा शिविर सञ्चालन गरिएको अर्जुनचौपारि स्वास्थ्य शाखा प्रमुख इन्द्र बहादुर नेपालीले जानकारी दिनुभयाे।

 

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win