+
+
-- Sponsored Ad --

अदालतको गेटमा समर्थकले घेरेपछि रविलाई बाहिर निकाल्नै प्रहरीलाई हम्मेहम्मे

154 पटक हेरिएको
Clock २०८१ पुष २८, आईतवार २२:०८
-- Sponsored --

काठमाडौं । थुनछेक बहस नहुँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः हिरासतमा गएका गएका छन् । सहकारीको रकम अपचलन मुद्दामा बयानका लागि लामिछाने आइतबार आफैँ जिल्ला अदालत काठमाडौंमा उपस्थित भएका थिए । जिल्ला न्यायाधीश माधव अधिकारीको इजलासमा लामिछानेको बयान भएको थियो ।

तर आज थुनछेक बहस हुन नसक्दा न्यायाधीश अधिकारीले लामिछानेलाई पुनः हिरासतमा पठाउन आदेश दिएका हुन् । लामिछाने पुनः भोलि अदालतमा उपस्थित हुनेछन् । जिल्ला अदालतमा बयान चलिरहँदा बाहिर लामिछानेका सयौँ समर्थकहरु भेला भएका थिए । लामिछानेलाई कालीमाटीमा रहेको स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन गरेको आरोपमा मुद्दा परेको थियो ।

प्रहरीको भ्यानमा राखेर लामिछानेलाई जिल्ला अदालतबाट बाहिर ल्याउन समेत प्रहरीलाई हम्मेहम्मे परेको थियो । लामिछाने समर्थकहरुले जिल्ला अदालतको गेटमै हुलहुज्जत गरेपछि प्रहरीले स्कर्टिङ गरेर भ्यानलाई बाहिर निकालेको थियो ।

लामिछानेका समर्थकहरुले सरकारकोविरुद्धमा नारा समेत लगाएका थिए । सहकारी ठगी प्रकरणमा लामिछानेलाई बिहीबार जिल्ला अदालत कास्कीले ६५ लाख धरौटीमा छाड्न आदेश दिएको थियो । त्यससँगै लामिछाने आज आफैँ अदालतमा उपस्थित भएका थिए ।लाेकपथ

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win