अदालतको गेटमा समर्थकले घेरेपछि रविलाई बाहिर निकाल्नै प्रहरीलाई हम्मेहम्मे

काठमाडौं । थुनछेक बहस नहुँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः हिरासतमा गएका गएका छन् । सहकारीको रकम अपचलन मुद्दामा बयानका लागि लामिछाने आइतबार आफैँ जिल्ला अदालत काठमाडौंमा उपस्थित भएका थिए । जिल्ला न्यायाधीश माधव अधिकारीको इजलासमा लामिछानेको बयान भएको थियो ।

तर आज थुनछेक बहस हुन नसक्दा न्यायाधीश अधिकारीले लामिछानेलाई पुनः हिरासतमा पठाउन आदेश दिएका हुन् । लामिछाने पुनः भोलि अदालतमा उपस्थित हुनेछन् । जिल्ला अदालतमा बयान चलिरहँदा बाहिर लामिछानेका सयौँ समर्थकहरु भेला भएका थिए । लामिछानेलाई कालीमाटीमा रहेको स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन गरेको आरोपमा मुद्दा परेको थियो ।

प्रहरीको भ्यानमा राखेर लामिछानेलाई जिल्ला अदालतबाट बाहिर ल्याउन समेत प्रहरीलाई हम्मेहम्मे परेको थियो । लामिछाने समर्थकहरुले जिल्ला अदालतको गेटमै हुलहुज्जत गरेपछि प्रहरीले स्कर्टिङ गरेर भ्यानलाई बाहिर निकालेको थियो ।

लामिछानेका समर्थकहरुले सरकारकोविरुद्धमा नारा समेत लगाएका थिए । सहकारी ठगी प्रकरणमा लामिछानेलाई बिहीबार जिल्ला अदालत कास्कीले ६५ लाख धरौटीमा छाड्न आदेश दिएको थियो । त्यससँगै लामिछाने आज आफैँ अदालतमा उपस्थित भएका थिए ।लाेकपथ

  • सम्बन्धित समाचारहरूः

    • २०८१ माघ २८, सोमबार १९:५०
    • 12 views
    राष्ट्रिय जनमोर्चाले संघीयता खारेजीको माग गर्दै काठमाडौं केन्द्रित आन्दोलन गर्ने

    कावासोती, माघ २९ गते । राष्ट्रिय जनमोर्चाले संघीयता देश र जनताका लागि घातक भएको निष्कर्षसहित संघीयता खारेजीको माग गर्दै काठमाडौं केन्द्रित आन्दोलन गर्ने घोषणा गरेको छ । जनमोर्चा नवलपुरले कावासोतीमा…

    विस्तृत.....

    • २०८१ माघ २६, शनिबार १५:३८
    • 26 views
    खानेपानी मन्त्रालय आगलागी प्रकरणः ५० लाख बराबरको क्षति ।

    काठमाडौं, माघ २६ गते । खानेपानी मन्त्रालयमा आज बिहान आगलागी हुँदा करिब ५० लाख बराबरको क्षति भएको छ । खानेपानीमन्त्री प्रदीप यादवको कार्यकक्षमा भएको आगलागीमा दुई वटा टेलिभिजन, एउटा डेस्कटप,…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *