+
+
-- Sponsored Ad --

अर्जुनचौपारीमा एच.पि.भी खोप सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न ।

197 पटक हेरिएको
Clock २०८१ माघ २०, आईतवार २२:५३
-- Sponsored --

२० माघ, दिपक विश्वकर्मा: अर्जुनचौपारी गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा एच.पि.भी.खोप अभियान २०८१ अन्तर्गत पालिका खोप समन्वय समितिका पदाधिकारीहरुलाई १ दिने अभिमुखिकरण कार्यक्रम माघ २० गते आइतबारका दिन सम्पन्न भएको छ ।

अर्जुनचौपारी गाउँपालिका उपाध्यक्ष सपना गुरुङको अध्यक्षतामा सञ्चालन भएको उक्त कार्यक्रममा जनप्रतिनिधी, स्वास्थ्यकर्मी, समाजसेवी, युवा क्लब प्रतिनिधी, आमा समुह प्रतिनिधी, महिला सामुदायिक स्वास्थ्य स्वयम सेविका लगायत सरोकारवालाहरुको उपस्थिति रहेको कार्यक्रमको सञ्चालन अर्जुनचौपारी गाउँपालिका स्वास्थ्य शाखा संयोजक इन्द्र बहादुर नेपालीले गर्नुभएको थियो ।

स्वास्थ्य चौकी प्रमुख नबिना गुरुङ र हे.अ. श्री सुरज अधिकारीले सहजिकरण गर्नुभएको उक्त कार्यक्रममा सहभागीहरुले एच.पि.भी.खोप अभियान सञ्चालन सम्बन्धी उठाउनुभएको जिज्ञासाको समाधान गर्दै यहि मितिः २०८१ माघ २२ गतेदेखि पालिकाका ६ वटै वडामा रहेका खोप केन्द्रबाट कसरी खोप कार्यक्रमलाई व्यवस्थित गर्न सकिन्छ भन्ने विषयमा गहन छलफल भएको थियो।

छोरीलाई दाइजो दिनुको साटो एच.पि.भी.खोप लगाउनु बुद्धिमानी काम हुने भनाई राख्दै लक्षित उमेरका सम्पुर्ण किशोरीले खोप पाउने वातावरण बनाउनु सम्पुर्ण अर्जुनचौपारी बासीहरुको जिम्मेबारी रहेकोले राष्ट्रिय खोप अभियान कार्यक्रम सफल बनाउन कुनै कसर बाँकी नराख्ने भनाई राख्दै विद्यालय बाहिर रहेका किशोरीहरु खोप कार्यक्रमबाट वञ्चित हुन सक्ने सम्भावना रहने हुनाले समुदायमा क्रियाशिल युवा क्लब, आमा समुह, नागरिक अगुवा, महिला सामुदायिक स्वास्थ्य स्वयम सेविकाहरुको अहम भुमिका हुने भन्दै गाउँपालिका उपाध्यक्ष सपना गुरुङले कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो।

अर्जुनचौपारी गाउँपालिकामा उक्त खोप अभियान अन्तर्गत १० वर्षदेखि १४ वर्षसम्मका र ६ कक्षादेखि १० कक्षासम्म अध्ययनरत करिब ४३७ जना किशोरीहरुले एच.पि.भी. खोप प्राप्त गर्नेछन।

अर्जुनचौपारी गाउँपालिकामा विद्यालय लक्षित ९ वटा र स्वास्थ्य संस्था लक्षित ६ वटा खोप केन्द्र सञ्चालन हुने स्वास्थ्य शाखा प्रमुख इन्द्र बहादुर नेपालीले जानकारी दिनुभयो|

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --
×
🎡 Spin & Win