काठमाडौं : जेनजी पुस्ताको प्रदर्शनमा प्रहरीको गोली लागेर घाइते भएका २० वर्षीय युवकको पनि मृत्यु भएको छ। प्रदर्शनमा घाइते भएका २० वर्षीय युवकको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको अस्पताल कर्मचारी युनियनका अध्यक्ष सन्तोष धिमालले जानकारी दिए।
प्रदर्शन नियन्त्रणबाहिर गएपछि स्थानीय प्रशासनले काठमाडौँका विभिन्न क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ। अपराह्न १ बजेदेखि राति १० बजेसम्म लागू हुने गरी कर्फ्यु आदेश दिइएको हो। नयाँ बानेश्वर आसपासका क्षेत्र, शीतल निवास (राष्ट्रपति कार्यालय) वरपरको क्षेत्र, हरित गृह (उपराष्ट्रपति कार्यालय) वरपरको क्षेत्र, नारायणहिटी दरबार सङ्ग्रहालय क्षेत्र , केशर महल चोकदेखि जयनेपालमोड र महेन्द्र सालिक सम्म, सिंहदरबार क्षेत्र वरिपरि कर्फ्यु आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ ।

