+
+
-- Sponsored Ad --

हुप्सेकोट गाउँपालिकामा चौथो शैक्षिक सम्मेलन सम्पन्न

395 पटक हेरिएको
Clock २०७८ चैत्र १९, शनिबार १९:०१
-- Sponsored --

हुप्सेकोट गाउँपालिका यस क्षेत्रकै शैक्षिक हवको रुपमा विकास गर्न विज्ञहरुले सुझाव दिएका छन् । हुप्सेकोट गाउँपालिकामा सम्पन्न चौथो शैक्षिक सम्मेलनमा वोल्ने विभिन्न क्षेत्रका विज्ञहरुले हुप्सेकोट गाउपालिका क्षेत्रलाई शैक्षिक केन्द्रका रुपमा विकास गर्न सकिने धारणा राख्नु भएको हो ।

प्रविधियुक्त खोज अनुसन्धानमुलक शिक्षक, सिर्जनशील तथा सीपयुक्त उद्यमशील विद्यार्थी , सकारात्मक सोंचयुक्त अभिभावक, हुप्सेकोट शिक्षा विकासको मुल आधार भन्ने नाराका साथ सम्पन्न चौथो शैक्षिक सम्मेलन सम्पन्न भएको हो । सम्मेलनमा बोल्दै पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका पुर्व उपकुलपति तथा नेपाल विश्वविधालय सम्भाव्यता अध्ययन समुहका संयोजक डा अर्जुन कार्कीले हुप्सेकोट गाउँपालिका क्षेत्रमा नेपाल विश्वविधालय स्थपना गर्न सकिने वारे सम्भाव्यता अध्ययन गरिने वताउनु भएको छ । यहाको भौगोलिक र पर्यावरणिय विभिधताले गर्दा यस क्षेत्रमा विश्वविधालय स्थापनाका लागि आफुहरुले अध्ययन गर्ने वताउनु भयो ।

सोहि कार्यक्रममा वोल्दै त्रिभुवन विश्वविधालयका प्रोसर डा राजेन्द्र घिसिङले शैक्षिक विकाशका लागि हुप्सेकोट गाउँपालिकाले देखाएको तदारुकताले गर्दा धेरै सम्भावनाहरु देखिएको वताउनु भयो ।

त्यस्तै कार्यक्रममा बोल्दै पुलचोक इन्जिनियरिक क्याम्पस तथा नेपालका पूर्वाधार विद प्रा। डा। सुर्य आर्चायले बालमैत्री विद्यालय हुन आवश्यक रहेको बताउनुभयो । बच्चा जब मान्छे देखेर डराउछ, टाई बेल्ट लगाएर स्कुल बोडिङ जहा पढाउनुस कुनै अर्थ छैन, त्यो शिक्षाले जिवनको परीक्षा पास गर्न सिकाउदैन । डा। आचार्यले भन्नुभयो“ त्यसैले एउटा बच्चालाई मान्छे भएर आत्मविश्वास गरेर बालमैत्री वातावरणमा व्यवहारिक शिक्षा दिनु आजको आवश्यकता हो ।”

त्यसैगरी शिक्षक मासिक पत्रिकाका सम्पादक डा।राजेन्द्र दाहालले विधालय,शिक्षक,विधार्थि र अभिभावकलाई जोडने काम स्थानिय सरकारले गरेको प्रति खुशि व्यक्त गर्नु भयो ।पाठ्यक्रम, पाठ्य सामाग्रीको निर्माण र सिक्ने सिकाउने वातावरणमा सरकारले ध्यान दिन आवश्यक रहेकोमा जोड दिनुभएको थियो । यसको लागि स्थानिय सरकार आफैले लगानी गर्न सक्ने अवस्था भएको हुदा आवश्यक स्रोत साधनको कमी भए अन्य क्षेत्रको बजेट घटाएर शिक्षा सामाग्रीमा लगानी बढाउन उहाले आग्रह गर्नु भयो ।

वन तथा पर्यावरणविद डा। विनोद भट्टले विकासको नाममा विनास बढि भएको बताउनुभयो । प्रकृतिले दिएका स्रोतहरुको पहिचान र प्रयोग व्यवस्थीत गर्न नसक्दा विनास बढ्दै गएको भन्दै डा। भट्टले भन्नुभयो“विकास र विनास विच सुक्ष्म सिमाना छ, अलिकति तलमाथी भयो भने विकास उल्टै विनासमा परिणत हुन्छ त्यसैले यसको प्रयोग र व्यवस्थापना ध्यान दिन जरुरी छ । ”
स्कुल बनायो विद्यार्थी छैनन, शिक्षक छैनन, अस्पताल बनायो डाक्टर छैनन यस्तो विकासको अवस्थाबाट हामी गुर्जिएको भन्दै डा भट्टले भन्नुभयो“विकास यस्तो होस दिगो होस,हाम्रा पुर्खाले हामीलाई दिएको नासोलाई अझ धेरै राम्रो बनाएर अब आउने पुस्तालाई हामीले दिन सकौ । ”

शैक्षिक,प्रशासनिक र व्यवहारीक सवै दृष्टिकोणले हुप्सेकोट गाउपालिका क्षेत्रमा नया परिवर्तनको फडको मार्न समय नलाग्ने विज्ञहरुको भनाइ थयो । कार्यक्रममा वोल्दै हुप्सेकोट गाउपालिका अध्यक्ष लक्ष्मी देवी पाण्डेले गाउपालिकाले शैक्षिक विकासका लागि बजेटको ठुलो हिस्सा लगानि गर्ने गरेको वताउनु भयो । विधालयको भौतिक,शैक्षिक विकासका लागि गाउपालिकाले लगानि गरेको अध्यक्ष पाण्डेको भनाई छ । स्वयमसेवक शिक्षक,विधालय नर्स कार्यक्रम , कक्षा ८ सम्म पुर्ण रुपमा निशुल्क शिक्षा लगाएतका रचनात्मक काममा गाउपालिकाले लगानि गरेको अध्यक्ष पाण्डेले वताउनु भयो । हुप्सेकोट गाउपालिकामा जनप्रतिनिधि आइसके पछि विज्ञहरु सहितको शैक्षिक सम्मेलन आयोजना गर्ने गरिएकाले पनि शैक्षिक बहसको साझा थालो वनेको उहाले वताउनु भयो ।

कार्यक्रममा प्रत्येका वर्ष शैक्षिक सम्मेलन गर्दै आएको स्मरण गर्दै गाउँपालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले को प्राविधिक शिक्षालय स्थापना भएको र यसमा वन विज्ञान र औषधी विज्ञानका कक्षा थप गर्ने लक्ष्य लिइएको बताउनुभयो । शिक्षा ऐनको निर्माण, आधारभुत तहको निशुल्क शिक्षालाई कार्यान्यवन गरिएको र शिक्षाको पहुच शुनिश्चचचताका लागि पहाडी क्षेत्रका आधारभुत तहको कक्षा संचालन नभएकोमा आधारभुत र माध्यमिक तहका कक्षा संचालन गरिएको जानकारी दिनुभयो । त्यस्तै वडा नम्बर ५ को मौलाथरमा ११ र १२ को कक्षा संचालन भएको बताउनुभयो ।

हुप्सेकोट गाउपालिका भित्र रहेका ४६ वटा सामुदायिक र संस्थागत विधालयका शिक्षक, विद्यार्थि, अभिभावक, जनप्रतिनिधी, शिक्षाविद् लगाएतको उपस्थितिमा सम्पन्न शैक्षिक सम्मेलनले नविनतम प्रविधि मार्फत शिक्षण सिकाइ गराउने लक्ष्य लिएको छ । हुप्सेकोट गाउपालिका भित्रका सवै शिक्षकहरु लाई कम्प्युटर तालिम प्रदान गरिसकिएकाले अव गाउपालिकाको विकट पाहाडि क्षेत्रमा समेत इन्टरनेटको माध्यम वाट शैक्षिक गतिविधि सञ्चालन गरीने गाउपालिका अध्यक्ष लक्ष्मी पाण्डेले वताउनु भयो । शैक्षिक सम्मेलनमा समवोदन गर्दै अध्यक्ष पाण्डेले प्रमाणपत्र प्राप्त गर्नका लागि मात्र पठन पाठन नगरि व्यवहारीक शिक्षाका लागि प्रत्येक विद्यालयमा कम्प्युटर प्रविधि र प्रयोगात्मक शिक्षामा जोड दिइने वताउनु भयो ।

गाउपालिका भित्रका सामुदायिक र सस्थागत सवै विधालयका शिक्षक, विद्यार्थि ,अभिभावक सहित सरोकारवालाको उपस्थिति रहेको शैक्षिक सम्मेलनमा शैक्षिक गुणस्तर वृद्धिमा सरोकारवालाको भुमिका लगाएतका बिषयमा अन्तक्रिया गरिएको थियो । कार्यक्रममा हुप्सेकोट गाउपालिका उपाध्यक्ष स्वतन्त्र कोपिला मल्ल ठकुरी, प्रमुख प्रशासकिय अधिकृत सुरेन्द्र बस्याल, गाउशिक्षा अधिकृत माधवराज गौतम लगाएतकाले वोल्नु भएको थियो ।

 
-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win