+
+
-- Sponsored Ad --

विपिन जोशीको मृत्यु पुष्टि, हमासले शव इजरायललाई बुझाउँदै

82 पटक हेरिएको
Clock २०८२ आश्विन २७, सोमबार २१:५४
-- Sponsored --

प्यालेस्टिनी सशस्त्र समूह हमासले करिब दुई वर्षदेखि आफ्नो नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशीको मृत्यु भएको पुष्टि गरेको छ।

७३८ दिनदेखि बन्धक बनाइएका जोशीको शव हमासले आजै (सोमबार) इजरायललाई हस्तान्तरण गर्ने जनाएको छ। यसअघि उनको अवस्था अज्ञात मानिँदै आएको थियो।

संघर्षविराम सम्झौता अन्तर्गत २० जना जीवित बन्धकलाई सोमबार मुक्त गरिसकेपछि हमासको सैन्य शाखाले जोशीसहित चार जनाको शव हस्तान्तरण गर्न लागेको हो।

हमासले सार्वजनिक गरेको सूचीमा विपिन जोशीसँगै इजरायली नागरिक गाइ इलोज, योसी शराबी र सैनिक अधिकारी क्याप्टेन डेनियल पेरेजको नाम छ।

हमासले सार्वजनिक गरेको सूची।

इजरायलस्थित नेपाली राजदूत धनप्रसाद पण्डितले इजरायली सेनाले हस्तान्तरण गर्न लागिएका चार शवमध्ये जोशीको पनि हुन सक्ने जानकारी दिएको बताए।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बीबीसी र टाइम्स अफ इजराइल अनुसार, रेडक्रसको टोलीले गाजाबाट शवहरू संकलन गरी इजरायली सेनालाई बुझाउने प्रक्रिया सुरु भएको छ।

इजरायली सेनाले शव बुझेपछि सैन्य सम्मान दिने र पहिचानका लागि तेल अविवस्थित अबु कबिर फरेन्सिक इन्स्टिच्युटमा लैजानेछ। शवको पहिचान प्रक्रिया पूरा हुन दुई दिनसम्म लाग्न सक्ने अधिकारीहरूले बताएका छन्।

यसैबीच, सम्झौताअनुसार २८ जनाको शव फिर्ता गर्नुपर्नेमा हमासले केवल चार जनाको मात्रै शव दिन लागेको भन्दै इजरायलमा बन्धक तथा बेपत्ता परिवार मञ्चले गम्भीर आपत्ति जनाएका छन्।

उनीहरूले यसलाई सम्झौताको ठाडो उल्लंघन भन्दै सबै शव फिर्ता नभएसम्म इजरायलले पनि आफ्नो तर्फको सम्झौता रोक्नुपर्ने माग गरेका छन्।

हमासले भने गाजामा भएको व्यापक विनाशका कारण केही शवहरूको अवस्था र स्थानबारे आफूहरूलाई जानकारी नभएको बताउँदै आएको छ।

सुदूरपश्चिम विश्वविद्यालयमा कृषि विज्ञान अध्ययनरत जोशी लर्न एन्ड अर्न कार्यक्रमअन्तर्गत इजरायलको दक्षिणी क्षेत्रमा रहेको किबुज अलुमिममा कार्यरत थिए।

सन् २०२३ अक्टोबर ७ मा हमासले आक्रमण गर्दा उनीसहित १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो भने जोशीलाई बन्धक बनाइएको थियो।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win