+
+
-- Sponsored Ad --

कावासोतीमा बुधबार दिउँसो इभी (विद्युतीय) हाइसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जना घाइते

21 पटक हेरिएको
Clock २०८३ असार २४, बुधबार १८:४४
-- Sponsored --

असार २४, कावासोती, नवलपुर । नवलपुरको कावासोतीमा बुधबार (आज) दिउँसो इभी (विद्युतीय) हाइसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जना घाइते भएका छन् ।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कावासोती नगरपालिका वडा नं. २ स्थित इन्द्रचोकमा दिउँसो करिब ३ः०० बजे उक्त दुर्घटना भएको हो । दाउन्नेबाट नारायणगढतर्फ जाँदै गरेको लु.प्र. ०१–००१ ज १०४२ नम्बरको इभी हाइसले बाटो काट्दै (क्रस गर्दै) गरेको लु १७ प ८१६७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सुचना अधिकारी डि.एस.पि. अनिल पण्डितले जानकारी दिनुभएको हो ।
दुर्घटनामा परि मोटरसाइकलमा सवार दुई जना घाइते भएका छन् । घाइते हुनेहरूमा मोटरसाइकल चालक कावासोती ४ बस्ने ४० वर्षीय सुशील पौडेल र मोटरसाइकलमा पछाडि सवार सोही स्थान बस्ने ३९ वर्षीय नारायण पाण्डे रहेका छन् । घाईतेमध्य चालक पौडेलको दुवै हात र खुट्टामा चोट लागेको र अवस्था मध्यम रहेको साथै पछाडि सवार पाण्डे सामान्य घाईते भएको प्रहरीले बताएको छ ।
घाइते दुवै जनालाई तत्कालै उद्धार गरी उपचारका लागि कावासोतीस्थित नवलपुर अस्पताल पठाइएको र ठक्कर दिने हाइस, मोटरसाइकल र हाइस चालकलाई नियन्त्रणमा लिएको प्रहरीले बताएको छ ।
नियन्त्रणमा लिइएका हाईसचालक रुपन्देही जिल्ला तिलोत्तमा नगरपालिका वडा नं. २ बस्ने ३१ वर्षीय रमेश घर्ती रहेका छन् । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --

सिफारिस

×
🎡 Spin & Win