+
+
-- Sponsored Ad --

भारत बाट अवैध रूपमा ल्याइएका मोवाईल फाेन बरामद

569 पटक हेरिएको
Clock २०७९ फाल्गुन २२, सोमबार १५:२०
-- Sponsored --

बिनोद निगम, नवलपरासी, २२ फाल्गुन  : पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका वार्ड नं ०५ भगतपुरवाबाट अवैध रूपमा भन्सार छलेर नेपाल तर्फ ल्याउँदै गरेको १० लाख बराबरको मोबाइल प्रहरीले बरामद गरेको छ।

साेमबार बिहान भगतपुरा स्थित अबैध रुपमा भन्सार छलेर भारतबाट नेपाल तर्फ मोटरसाइकलमा ल्याउदै गरेको स्मार्ट-७ ११ पिस र POCO M4 Pro मोवाईल २५ पिस गरी करीब १० लाख ६२ हजार रुपैयाँ बराबरको मोबाइलहरु प्रहरी चौकी गेरमी बाट प्रहरी सहायक निरीक्षक कमाण्डमा खटिगएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हाे ।

अवैध रूपमा भन्सार छलेर ल्याउँदै गरेको मोटरसाइकल सहित मानिस फरार भएका प्रहरीले जनाएको छ। थप कारबाहीका लागि भन्सार कार्यालय महेशपुर पठाउने र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी भोजराज पाण्डेले जानकारी दिए ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win