+
+
-- Sponsored Ad --

नवलपुरमा साउनमा मात्रै ९ जनामा डेंगु देखिएपछि नियन्त्रण तथा रोकथाम अभियान सुरु

397 पटक हेरिएको
Clock २०८० श्रावण २०, शनिबार १९:०१
डेंगु
-- Sponsored --

साउन २०, नवलपुर : नवलपरासि (वर्दघाट सुस्ता पूर्व) नवलपुरमा डेंगु नियन्त्रण तथा रोकथामका लागि दश मिनेट अभियान सुरु गरिएको छ। पछिल्लो समय देशका विभिन्न स्थानमा बढेको डेँगुको जोखिमलाई मध्यनजर गर्दै यसको रोकथामका लागि अभियान सुरु गरिएको स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशवप्रसाद चापागाइँले बताए ।

लामखुट्टेको बासस्थान तथा फुल पार्ने ठाउँहरू खोज्ने र नष्ट गर्ने उद्देश्यका साथ जिल्लाका सबै सरकारी तथा गैरसरकारी कार्यालय, विद्यालय, सहकारी, बैङ्किङ क्षेत्र , टोल सुधार समिति, आमा समूह, युवा क्लब सबैलाई हप्ताको एकदिन १० मिनेट सरसफाइको अभियान सञ्चालन गर्न आवान गरिएको चापागाइँले बताए ।

अभियान अन्तर्गत जिल्लाका स्थानीय तहहरूले समेत सार्वजनिक सूचना जारी गर्दै लामखुट्टेको बासस्थान तथा फुल पार्ने स्थानहरू खोज र नष्ट गर अभियान सञ्चालन गरेका छन् । डेंगु रोगको रोकथामका लागि ‘खोज र नष्ट गर’ अभियान सञ्चालन गर्न सबै सरोकारवालाहरू लाई आग्रह गरिएको कावासोती नगरपालिका प्रमुख प्रशासकीय अधिकृत भुपेन्द्र पाण्डेयले बताए ।

pp

लामखुट्टेको जीवन चक्र करिब एक हप्तामा पुरा हुने हुँदा कम्तिमा एक पटक नियमित सरसफाइ गरे लामखुट्टेको फुल र लार्भा नष्ट हुने भएकाले हरेक हप्ता सरसफाइको कार्यक्रम राखिएको स्वास्थ्य कार्यालय प्रमुख चापागाइँले बताउए ।

टुटे फुटेका सिसा, प्लाष्टिकका भाँडाहरू, गमला, एसी, कुलर ,टायर, विभिन्न खालका बोतल लगायत अन्य भाँडाहरूमा जम्मा भएको पानी, रुखको प्वाल, गमलाको बिरुवाहरूमा जमेको थोरै पानी सहित घर वरपर सफा राखी पानी जम्न नदिने हो भने डेंगु नियन्त्रण तथा रोकथाम गर्न सकिने उनको भनाई छ । चापागाइँका अनुसार नवलपुरमा साउन महिना सुरु भएयता हाल सम्म ९ जनामा डेंगु संक्रमण देखिएको छ ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win