+
+
-- Sponsored Ad --

आर्थिक अभावमा रहेको कोरोना संक्रमित परिवारलाई कांग्रेसका युवाद्धारा सहयोग

402 पटक हेरिएको
Clock २०७८ जेष्ठ २४, सोमबार २०:३०
help by congress
-- Sponsored --

जेठ २४ , कास्की,

आर्थिक अभावमा रहेको कोरोना सङ्क्रमित परिवारलाई पोखरामा क्रियाशील नेपाली कांग्रेसका युवाको सक्रियतामा सहयोग गरिएको छ । आर्थिक अभावपछि मणिपाल शिक्षण अस्पतालले निकालेको २१ दिने कोरोना सङ्क्रमित शिशुका परिवारलाई कांग्रेसको पहलमा सहयोग गरिएको हो ।

एक्काइस दिने शिशुसहित उनका बाबुआमा पनि सङ्क्रमित रहेका र उनीहरूको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।

रोल्पा घर भई विगत पाँच वर्षदेखि पोखरामा मजदूरी गर्दै आएको उक्त परिवार आर्थिक सङ्कटमा भएको सामाजिक सञ्जालमा सार्वजनिक भएपछि कांग्रेसका युवानेता भानु ढकालको विशेष पहलमा आर्थिक सहयोग जुटाइएको हो ।

पोखरा फूलबारीमा डेरा गरी बस्दै आएका उनीहरुलाई रु एक लाख ५८ हजार आर्थिक सहयोग गरिएको ढकालले जानकारी दिनुभयो ।

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका निर्देशक डा. भरतबहादुर खत्रीको रोहवरमा नेपाली कांग्रेस कास्कीका प्रवक्ता नवीन सिग्देल, जिल्ला सदस्य भीम गौतम लगायतको उपस्थितिमा सहयोग रकम हस्तान्तरण गरिएको ढकालले बताउनुभयो ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win