Warning: Attempt to read property "slug" on string in /home/asoftcom/nsancharonline.com/wp-content/themes/bishwasanchar/functions.php on line 85
सुजिता भण्डारी मृत्यु प्रकरणः आफ्नै दाजुसगको प्रेम सम्वन्धका कारण ज्यान गयो । सुजिता भण्डारी मृत्यु प्रकरणः आफ्नै दाजुसगको प्रेम सम्वन्धका कारण ज्यान गयो । - N. SANCHAR NEWS - एन सञ्चार न्युज
+
+
-- Sponsored Ad --

सुजिता भण्डारी मृत्यु प्रकरणः आफ्नै दाजुसगको प्रेम सम्वन्धका कारण ज्यान गयो ।

1,049 पटक हेरिएको
Clock २०७८ श्रावण ८, शुक्रबार २१:५८
-- Sponsored --

काठमाडौं : चितवनमा बेपत्ता भएको १० दिनपछि मृत भेटिएकी सुजिता भण्डारी प्रकरणमा प्रहरीले मृतककै दाजु नातापर्ने एक जनालाई पक्राउ गरेको छ।

सुजिताको ठूलोबुबाको छोरा दाजु नाता पर्ने सचिन भनिने सुकदेव भण्डारीलाई पक्राउ गरेको चितवन प्रहरीले जनाएको छ। प्रहरीले शुक्रबार पत्रकार सम्मेलन गरी झापाको झापा गाउँपालिका–६ शरणमतिका २३ वर्षीय सुकदेव र सुजिताबीच विवाह गर्नेसम्मको तयारी भएको खुलेको जानकारी दिएको छ।

प्रहरीका अनुसार असार ९ गते सुजिताले विवाह गर्न प्रस्ताव गरेपछि विवाद सृजना भएको थियो। सुजिताले विवाह नगर्ने भए मर्छु भनेको र सचिनले जे गर्छस् गर् भनेको खुलेको छ।

असार ११ गते बेपत्ता सुजिता २० गते नजिकैको सामुदायिक वनमा मृत भेटिएकी थिइन्। अनुसन्धानको क्रममा दाजु बहिनी नाता पर्ने सुकदेव सुजिता काठमाडौं आएर छुट्टै एकसाथ बस्ने योजना बनाएको खुलेको प्रहरीले जनाएको छ।

दिदीको घर जान्छु भनी हिँडेकी सुजिता काठमाडौंमा केही समय दिदीकोमा बसी सचिनले कोठा खोजी बोलाए पश्चात दुबै जना सँगै बसेको प्रहरीले जनाएको छ।

विवाह गरी संभव भए सँगै विदेश जाने र संभव नभए अपहरणमा परेको बहाना बनाई कसैले थाहा नपाउने ठाउँमा बस्ने योजना बनाएको प्रहरीले जनाएको छ।

सुजितालाई आत्महत्या गर्न बाध्य पारिएको भन्दै आमा अम्बिकाले ६ गते जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता गरेकी थिइन्। सुजिताले आत्महत्या गरेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ। 

मुलुकी अपराध संहिता, २०७४ परिच्छेद – १२ अनुसार आत्महत्या दुरुत्साहन मुद्दामा ज्यान सम्बन्धी कसूर अन्तर्गत दफा १८५ मा पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था छ।

समाचार श्राेतः थाहाखबर

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --
×
🎡 Spin & Win