सुजिता भण्डारी मृत्यु प्रकरणः आफ्नै दाजुसगको प्रेम सम्वन्धका कारण ज्यान गयो ।

काठमाडौं : चितवनमा बेपत्ता भएको १० दिनपछि मृत भेटिएकी सुजिता भण्डारी प्रकरणमा प्रहरीले मृतककै दाजु नातापर्ने एक जनालाई पक्राउ गरेको छ।

सुजिताको ठूलोबुबाको छोरा दाजु नाता पर्ने सचिन भनिने सुकदेव भण्डारीलाई पक्राउ गरेको चितवन प्रहरीले जनाएको छ। प्रहरीले शुक्रबार पत्रकार सम्मेलन गरी झापाको झापा गाउँपालिका–६ शरणमतिका २३ वर्षीय सुकदेव र सुजिताबीच विवाह गर्नेसम्मको तयारी भएको खुलेको जानकारी दिएको छ।

प्रहरीका अनुसार असार ९ गते सुजिताले विवाह गर्न प्रस्ताव गरेपछि विवाद सृजना भएको थियो। सुजिताले विवाह नगर्ने भए मर्छु भनेको र सचिनले जे गर्छस् गर् भनेको खुलेको छ।

असार ११ गते बेपत्ता सुजिता २० गते नजिकैको सामुदायिक वनमा मृत भेटिएकी थिइन्। अनुसन्धानको क्रममा दाजु बहिनी नाता पर्ने सुकदेव सुजिता काठमाडौं आएर छुट्टै एकसाथ बस्ने योजना बनाएको खुलेको प्रहरीले जनाएको छ।

दिदीको घर जान्छु भनी हिँडेकी सुजिता काठमाडौंमा केही समय दिदीकोमा बसी सचिनले कोठा खोजी बोलाए पश्चात दुबै जना सँगै बसेको प्रहरीले जनाएको छ।

विवाह गरी संभव भए सँगै विदेश जाने र संभव नभए अपहरणमा परेको बहाना बनाई कसैले थाहा नपाउने ठाउँमा बस्ने योजना बनाएको प्रहरीले जनाएको छ।

सुजितालाई आत्महत्या गर्न बाध्य पारिएको भन्दै आमा अम्बिकाले ६ गते जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता गरेकी थिइन्। सुजिताले आत्महत्या गरेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ। 

मुलुकी अपराध संहिता, २०७४ परिच्छेद – १२ अनुसार आत्महत्या दुरुत्साहन मुद्दामा ज्यान सम्बन्धी कसूर अन्तर्गत दफा १८५ मा पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था छ।

समाचार श्राेतः थाहाखबर

सम्बन्धित समाचारहरूः

  • २०८१ फाल्गुन ४, आईतवार १८:१२
  • 48 views
१ रुपैयाँ पठाउँदा ११.३० अतिरिक्त शुल्क तिर्नुपर्ने बाध्यता, प्रमको आश्वासन ‘अलपत्र’ !

काठमाडौं । ठ्याक्कै पाँच महिनाअघि १५ सेप्टेम्बर २०२४ मा प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल पोस्टमार्फत डिजिटल भुक्तानीमा लाग्ने अतिरिक्त शुल्क हटाउने तयारी भएको जानकारी दिएका थिए । जाजरकोटका आफ्ना…

विस्तृत.....

  • २०८१ माघ २८, सोमबार १८:३५
  • 36 views
राष्ट्रिय पञ्चायतकी चर्चित सदस्य नानीमैया दाहालको निधन

काठमाडौं । राष्ट्रिय पञ्चायतकी चर्चित सदस्य नानीमैया दाहालको निधन भएको छ । काठमाडौंका मित्रपार्कस्थित दीर्घायु अस्पतालमा उपचारका क्रममा निधन भएको गोकर्णेश्वर–६ का पूर्ववडाध्यक्ष तथा मित्रबन्धु कल्याणकारी गुठीका अध्यक्ष रमेश अर्यालले…

विस्तृत.....

Leave a Reply

Your email address will not be published. Required fields are marked *