+
+
-- Sponsored Ad --

७७ वटै जिल्लामा एकसाथ वडा अधिवेशन गर्न देउवा सहमत

540 पटक हेरिएको
Clock २०७८ भाद्र १२, शनिबार ११:३७
-- Sponsored --

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवासँग ७७ वटै जिल्लामा एकसाथ वडा अधिवेशन गर्ने सहमति भएको छ । शुक्रबार राति प्रधानमन्त्रीसमेत रहनु भएका सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच भएको भेटमा देशभरका सबै वडामा एकैदिन अधिवेशन गर्ने सहमति भएको हो।

देउवासँग भएकाे सहमतिबारे जानकारी दिन आज वरिष्ठ नेता पौडेललगायत नेताले जिल्ला सभापतिसँग छलफल गरेका छन्। पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमा पार्टी कार्यालय सानेपामा धर्ना र रिले अनसन गरिरहेका जिल्ला सभापतिसँग छलफल गरेका हुन् ।

शुक्रबार साझ देउवालाई भेट्ने निर्णय भएअनुसार पौडेल पक्षका नेताले देउवालाई भेट्नु भएकाे थियाे । छलफलका क्रममा देउवाले जिल्ला सभापतिका मागको सम्बोधन गर्न र १८ भदौमै वडा अधिवेशन गर्ने विषयमा सहमति जनाएकाे बताइएकाे छ ।

कांग्रेसका पौडेलपक्षीय जिल्ला सभापतिहरू क्रियाशील सदस्यको सूची सार्वजनिक गर्नुपर्नेलागयत तीनबुँदे माग राखेर यही भदौ ९ देखि रिले अनशनमा छन्। त्यस्तै आज जिल्ला सभापतिहरूकाे धर्ना र अनसन स्थगित गराउने तयारी समेत रहेकाे छ ।

छलफलमा नेताहरू रामशरण महत, मिनेन्द्र रिजाल, दिलेन्द्रप्रसाद बडु तथा नुवाकोट जिल्ला सभापति जगदीश्वरनरसिंह, धादिङ सभापति रमेश धमला, काठमाडौं सभापति सबुज बानियाँलगायतकाे सहभागीता रहेकाे थियाे ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win