Warning: Attempt to read property "slug" on string in /home/asoftcom/nsancharonline.com/wp-content/themes/bishwasanchar/functions.php on line 85
हुप्सेकोटको बिपतीः खानेपानीको हाहाकार मच्चियो,३ दिन देखि आपूर्ति बन्द । हुप्सेकोटको बिपतीः खानेपानीको हाहाकार मच्चियो,३ दिन देखि आपूर्ति बन्द । - N. SANCHAR NEWS - एन सञ्चार न्युज
+
+
-- Sponsored Ad --

हुप्सेकोटको बिपतीः खानेपानीको हाहाकार मच्चियो,३ दिन देखि आपूर्ति बन्द ।

567 पटक हेरिएको
Clock २०७८ भाद्र १३, आईतवार १२:५५
-- Sponsored --

कावासोती । अबिरल बर्षाका कारण हुप्सेकोटले ठूलो धनजनको क्षती ब्यहोर्न पुग्यो । ३ जनाले पुरिएर ज्यान गुमाए भने सयौं बिगाहा खेतियोग्य जमिन बगरमा परिणत भएको छ । कतिको घर बगाएर बास उजाडियो भने कतिको गास उजाडियो ।एका तिर खोलाको भेल उर्लदो छ अर्को तिर स्थानियको आँसु रोकिएको छैन । अहिले पनि निरन्तर रुपमा पानी परिरहेकाले स्थानियमा उस्तै त्रास छ ।

त्यतिले मात्र नपुगेर खानेपानीको सुबिधाबाट पनि हुप्सेकोटबासी बन्चित हुनु परेको छ ।
अविरल वर्षा पछि आएको बाढी पहिरोले खानेपानीको मुहान र पाईपलाईनमा क्षति पुर्‍याए पछि बिहिबार राती देखि हुप्सेकोटमा खानेपानीको हाहाकार मच्चिएको छ ।

खानेपानीको मुख्यमुलहरु गिरुवारी खोला,बेतही खोला, सोति खोला र पत्थर खोलाको मुहानमा २० भन्दा धेरै ठाउँमा पहिरो गए पछि खानेपानी वितरण पुर्ण रुपमा बन्द भएको देउराली हुप्सेकोट शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष मेकबहादुर पुलामीले बताए । “ठाउँ ठाउँमा खानेपानीको पाईप बाढिले बगाएको छ,
लगातार पानी परेकोले पहिरोले पुरेको स्थानमा पुग्न सकिएको छैन, क्षतिको बिबरण एकिन गर्न सकिएको छैन ,कहिले सम्म मर्मत गरेर सहज रुपमा पानी वितरण गर्न सकिन्छ भन्न सक्ने अवस्था छैन,” अध्यक्ष पुलामीले भने ।

पानीको आपूर्ति बन्द भए पछि तीन हजार घर धुरी प्रत्यक्ष प्रभावित भएको र मौसममा सुधार नआए सम्म खानेपानी वितरण सहज बनाउन नसकिने पुलामीले बताए । तत्कालका लागि ३ वटा टयाङकरको प्रयोग गरेर खानेपानी वितरणको तयारी गरिएको अध्यक्ष पुलामीले जानकारी समेत दिए ।

विगतमा खानेपानी व्यवस्थित नहुदा खोलाको चुवाडीलाई खानेपानीको स्रोतको रुपमा प्रयोग गर्ने गरे पनि बाढिको कारणले त्यो पनि सम्भव नभएको स्थानीय अमर गोदारले बताए । खानेपानी अवरुद्ध भएपछि आकाशे पानी र मिनिरल वाटर प्रयोग गर्नु पर्ने बाध्यता रहेको गोदारको भनाई छ ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win