+
+
-- Sponsored Ad --

अमेरिकी ड्रोन आक्रमणमा आईएस-केका योजनाकार मारिए

551 पटक हेरिएको
Clock २०७८ भाद्र १२, शनिबार ११:४१
-- Sponsored --

१२ भदौ, काठमाडौं । अमेरिकाले पूर्वी अफगानिस्तानमा गरिएको ड्रोन आक्रमणमा काबुल विमानस्थलमा भएको आत्मघाती बम विष्फोटका प्रमुख योजनाकार मारिएको दाबी गरेको छ ।

अमेरिकी सेनाका अनुसार इस्लामिक स्टेट खुरासन (आईएस-के) लाई लक्षित गरिएको नान्गहार प्रान्तमा उक्त ड्रोन आक्रमण गरिएको हो । आईएस-के आतंकवादी संगठन आईएसको खुरासन प्रान्तको एक भाग हो ।

यसअघि अमेरिकी राष्ट्रपति जो बाइडनले काबुल विमानस्थलमा भएको आक्रमणको मूल्य आईएस-केले चुकाउनुपर्ने चेतावनी दिएका थिए । अमेरिकी सेनाले आईएस-केलाई लक्षित गरी गरिएको ड्रोन आक्रमणमा कोही पनि सर्वसाधारणको मृत्यु नभएको बताएको छ ।

बिहीबार काबुलको विमानस्थल बाहिर भएको आत्मघाती बम विष्फोटको जिम्मेवारी आईएस-केले लिएको थियो । उक्त आक्रमणमा १७० जनाको मृत्यु भएको थियो । जसमा १३ अमेरिकी सैनिक सामेल छन् । यो आक्रमणसँगै विभिन्न मुलुकले अफगानिस्तानबाट आफ्ना नागरिक उद्धारको कार्य रोकिसकेका छन् । अमेरिकाले भने आक्रमणले उद्धारको कार्य नरोकिने बताएको छ ।

तालिबानले अफगानिस्तानलाई आफ्नो नियन्त्रणमा लिएसँगै अहिले अफगानिस्तानबाट उद्धारको काम चलिरहेको छ । पछिल्लो दुई सातामा अमेरिकाले एक लाखभन्दा धेरै मानिसलाई अफगानिस्तानबाट उद्धार गरेको बताएको छ ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win