+
+
-- Sponsored Ad --

दुई महिनापछि निगमको न्यारोबडीको नियमित उडान

355 पटक हेरिएको
Clock २०७८ फाल्गुन २८, शनिबार १७:११
-- Sponsored --

काठमाडौं । दुई महिना अघिदेखि ग्राउण्डेड नेपाल वायु सेवा निगमको न्यारो बडी जहाजले पुनः नियमित उडान सुरु गरेको छ ।

इन्जिनमा समस्या देखिएपछि कतारको दोहामा २ महिनादेखि ग्राउण्डेड भएको न्यारो बडी ए–३२० जहाजले शनिबारदेखि उडान सुरु गरेको हो ।

बिग्रिएको इन्जिनको ठाउँमा भाडामा लिइएको अर्को इन्जिन प्रयोग गरेर जहाजलाई उडानयोग्य बनाइएको हो ।

ग्राउण्डेड जहाजको मर्मतपछि शनिबारदेखि नियमित उडान सुरु गरिएको निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले जानकारी दिनुभयो ।

२८ डिसेम्बर २०२१ को काठमाडौं–दोहा नियमित उडानमा सुरक्षित अवतरण गरेपश्चात् पार्किङ गर्ने क्रममा उक्त जहाजको एउटा इन्जिनमा प्राविधिक समस्या देखिएको थियो ।

दोहास्थित कतार एयरवेजका इन्जिनियरले जहाज निरीक्षण गर्दा बायाँतर्फको इन्जिनमा खराबी आएको थियो ।

प्राविधिकहरूले इन्जिन फेर्नुपर्ने प्राथमिक राय दिएपछि निगम व्यवस्थापनले जहाजलाई छिटो उडानयोग्य बनाउन इन्जिन भाडामा लिएर उडाउने निर्णय गरेको हो ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win