+
+
-- Sponsored Ad --

१ लाख डोज फाइजर खोप परीक्षणका लागि नेपाल ल्याइदै ।

420 पटक हेरिएको
Clock २०७८ भाद्र १५, मंगलवार २१:४४
-- Sponsored --

काठमाडौं । एलाएन्स फर गाभीले नेपालमा परीक्षणका लागि फाइजरको एक लाख डोज कोरोनाविरुद्धको खोप उपलब्ध गराउने भएको छ ।

स्वास्थ्य मन्त्रालयले गाभीले नेपाललाई परीक्षण स्वरुप अक्टोबर महिनामा सो खोप दिने जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. कृष्ण प्रसाद पौडेलले फाइजरको खोप भण्डार, कोल्ड चेनदेखि लगाउने तरिका अन्य भन्दा फरक भएकाले स्वास्थ्यकर्मीलाई तालिम दिन नेपाललाई उपलब्ध गराइएको बताउनुभयो ।

माइनस ७० डिग्री सेल्सियस तापक्रममा राख्नु पर्ने फाइजरको खोप भण्डारण गर्न युनिसेफले ४ रेफ्रिजिरेटर उपलब्ध गराउने छ ।

यो खोप १८ बर्ष मुनिका बालबालिकालाई लगाउन सकिन्छ । नेपालले ६० लाख फाइजरको खोप खरिद गर्न निर्णय गरिसकेको छ ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win