+
+
-- Sponsored Ad --

अन्दाजी ६ वर्ष उमेरका एक बालक फेला

638 पटक हेरिएको
Clock २०७८ भाद्र १६, बुधबार २३:४६
-- Sponsored --

पोखरामा अन्दाजी ६ वर्ष उमेरका एक बालक फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीले दिएको जानकारी अनुसार मंगलबार साँझ ७ बजेको समयमा पोखरा ३२ स्थित गगनगौडामा ती बालक फेला परेका हुन् ।

सुरेश बिक नाम बताउने बालक फेला परेको र हालसम्म कोही कसैले बालक हराएको भनि निवेदन नगराएको हुँदा बालक वा निजको आफन्तलाई कोही कसैले चिन्नुहुन्छ भने जिल्ला प्रहरी कार्यालय कास्की तथा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्नु हुन अनुरोध गरिएको छ ।

गोरो वर्ण र पातलो शरीर भएका ती बालक अन्दाजी २ फिट अग्लो रहेको प्रहरीको भनाइ छ । स्पष्ट बोल्न नसक्ने उनले नीलो टिसर्ट, खरानी रंगको पाइन्ट र नीलो चप्पल लगाएको पनि प्रहरीले जनाएको छ ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win