काठमाडौं । सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले विदेशबाट तस्करी भएर भित्रिएका मोबाइल सेट चल्न नदिन ‘मोबाइल डिभाइस म्यानेमेन्ट सिस्टम’ (एमडीएमएस) आवश्यक रहेको बताएकी छन् ।
एमडीएमएसका लागि आवश्यक स्रोत र साधन खरिदको प्रक्रियाले व्यवहारिकता नपाएको भन्दै उनले दुरसञ्चार प्राधिकरणमाथि छानबिन र कारबाही गर्ने अधिकार सञ्चार मन्त्रालयको नभएको स्पष्ट पारिन् ।
संविधानअनुसार कारबाहीका लागि अख्तियार र अदालतको स्पष्ट व्यवस्था रहेको उनले उल्लेख गरिन् ।

