+
+
-- Sponsored Ad --

अन्ततः फुटको संघारमा एमाले, खनाल-नेपाल समूहले बोलायो राष्ट्रिय कार्यकर्ता भेला

677 पटक हेरिएको
Clock २०७७ चैत्र १, आईतवार ०२:०४
-- Sponsored --

काठमाडौं : नेकपा एमालेभित्रको विवादभित्रको विवाद उत्कर्षमा पुगेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा चल्न खोजेपछि बरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल समूहले राष्ट्रिय भेला बोलाएको हो। केन्द्रीय कमिटीको बैठकले चैत ४ र ५ गते राष्ट्रिय कार्यकर्ता भेला बोलाएको उपाध्यक्ष भीम रावलले जानकारी दिए। 

‘ओलीको कदम विधि प्रणाली र प्रक्रिया अवलम्बन गरेको छैन। गुटको मान्छे बोलाएर कथित निर्णय गरेको छ। सर्वोच्चको निर्णयविपरीत माओवादी केन्द्रका नेतालाई समेत पार्टीमा मनोनयन गरेको छ। त्यो पनि अवैध हो’ उनले भने, ‘ओलीको कदमलाई हामीले अस्वीकार गरेका छौँ।’ 

भेलामा केन्द्रीय कमिटी र केन्द्रीय निकायका सबै सदस्य, संघ र प्रदेशका सांसद, प्रदेश कमिटीका पदाधिकारी र सदस्य, जिल्ला कमिटी पदाधिकारी, पालिकाका प्रमुख, उपप्रमुख तथा पार्टी पदाधिकारी लगायतलाई बोलाइएको उनले बताए। प्रधानमन्त्री ओलीको एकलौटी निर्णयले पार्टी फुटाउने र कम्युनिस्ट आन्दोलन कमजोर बनाउनेतिर केन्द्रीत भएको बैठकले ठहर गरेको उपाध्यक्ष रावलले बताए।

ओलीको कदमविरुद्ध स्थायी कमिटीले वक्तव्य जारी गर्ने बताए। केन्द्रीय कमिटीको बैठकले समानान्तर कमिटी गठन गरेको छ। जसअनुसार प्रदेश १ को संयोजकको जिम्मा भीम आचार्य, प्रदेश २ को घनश्याम भुसाल, वागमती प्रदेशको अष्टलक्ष्मी शाक्य र गण्डकीकाे जिम्मा सुरेन्द्र पाण्डेलाई दिइएकाे छ। यस्तै लुम्बिनी र कर्णालीको जिम्मा युवराज ज्ञवाली र प्रदेश ७ को जिम्मा भीम रावललाई दिइएको छ।

बैठकले रघुजी पन्त युवा विभाग, गोकर्ण बिष्टलाई विद्यार्थी विभाग, योगेश भट्टराईलाई प्रचार विभाग, अष्टलक्ष्मी शाक्यलाई महिला विभाग र प्रमेश हमाल बुद्धिजीवी विभागको प्रमुख ताेकेको छ। 

शुक्रबार बसेको ओली पक्षको बैठकले नेपाल-खनाल समूहका नेताहरुको जिम्मेवारी खाेस्दै माओवादी केन्द्रबाट एमालेमा रहेका २३ जना नेतालाई केन्द्रीय समितिमा मनोनीत गरेको थियो। ओली समूहले चैत्र ७ गते केन्द्रीय कमिटीको बैठक बोलाएको छ। 

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win