+
+
-- Sponsored Ad --

पत्रकारितामा नरहेकालाई स्वेच्छिक रुपमा सदस्यता त्याग गर्न महासंघको अपील

286 पटक हेरिएको
Clock २०७९ माघ २०, शुक्रबार १६:४४
-- Sponsored --

नेपाल पत्रकार महासंघले पत्रकारितामा नरहेका तर महासंघको सदस्यता कायम रहेका व्यक्तिहरुलाई ऐच्छिक रुपमा सदस्यता परित्याग गर्न अपील गरेको छ। 

महासंघले सदस्यता शुद्धीकरण गर्ने अभियान सञ्चालन गर्न लागिएको भन्दै सो अपील गरेको हो। 
यसका लागि गत पुस ८ र ९ गते सुर्खेतमा सम्पन्न केन्द्रीय साधारणसभाबाट महासचिवको नेतृत्वमा शुद्धीकरण समितिसमेत गठन गरिएको महासंघले जनाएको छ।

साधारणसभाबाट गठित सदस्यता शुद्धीकरण समितिले साधारण सभाबाट प्राप्त कार्यादेश बमोजिम कार्य अगाडि बढाएको समितिका संयोजकसमेत रहेका महासचिव रोसन पुरीले जनाएका छन्।

अपीलमा भनिएको छ, 
समितिको बैठकहरूबाट ‘सदस्यता शुद्धीकरण अभियान २०७९’ थालनी गर्ने निर्णय भए बमोजिम महासंघका सम्पूर्ण सदस्यहरू र सबै शाखाहरू, एसोसियट संस्थाहरू र वैदेशिक शाखाहरूलाई शुद्धीकरण अभियानमा साथ दिन यो आह्वान गरिएको छ।

समितिले महासंघमा आवद्ध सबै सदस्यहरूको अद्यावधिक विवरण संकलन गरी छानबिन गरेरमात्रै सदस्यता नवीकरण, स्थानान्तरण र नयाँ सदस्यताको प्रक्रियालाई अगाडि बढाउने नीति तय गरेको छ।

अतः पत्रकारितामा नरहेका तर महासंघको सदस्यता कायम भएका सबैमा स्वेच्छिक रूपमा अबिलम्ब सदस्यता त्याग गर्न अपील गरिन्छ।

अन्यथा समितिले तयार पारेको सदस्यता शुद्धीकरण  मापदण्ड मस्यौदाामाथि शाखा, एशोसिएट, प्रदेश र केन्द्रीय समितिसँग आवश्यक परामर्शपछि अन्तिम रुप दिई कडाईका साथ लागू गरिने र त्यसक्रममा विभिन्न कारणले हाल पत्रकारितामा नरहेका तर महासंघको सदस्य कायम रहेकाहरूले स्वेच्छिक रूपमा सदस्यता त्याग गरेको नपाईए प्रकृयागत रूपमै सदस्यताको सूचीबाट हटाइनेतर्फ सचेत गराइन्छ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win