+
+
-- Sponsored Ad --

भोदी खेल प्रयिोगितामा डायमन्ड युथ सोसाईटी बन्यो विजेता

490 पटक हेरिएको
Clock २०७८ आश्विन ४, सोमबार २१:४०
-- Sponsored --
कावासोती , असोज ४ ||अनन्त चतुदशीको अवसर पारेर कावासोती १२ राजमन्दिरमा आयोजना गरिएको भोदी खेल प्रयिोगितामा डायमन्ड युथ सोसाईटी कावासोती १२ ले ५७ काँचा निकालेर प्रथम हुन सफल भएको छ  भने , कावासोती १२ कै असरा थारु युवा समुहले ५० काँचा निकालेर दोस्रो हुन सफल भएको छ ।
 
प्रथम हुदै डाईमन्डले नगद २० हजार मेडल र प्रमाणपत्र , दोश्रो हुने असराले नगद १० हजार मेडल र प्रमाणपत्र प्राप्त गरको छ । विजेतालाई जिल्ला खेलकुद विकास समिती नवलपुरका अध्यक्ष सेतमान पुनले पुरस्कार प्रदान गर्नुभयो ।
 
आईतबार सुरु भएको प्रतियोगिताको सोमबार ( आज ) फाईनल खेल भएको हो । प्रतियोगितामा ४० वटा टिमले सहभागिता जनाएको डायमन्ड युथ सोसाईटीका अधयक्ष चुडामणी खनालले बताउनुभयो ।
 
खेलको कावासोती १२ का अध्यक्ष खेम प्रसाद काफ्लेले उद्घाटन गर्नुभएको थियो । डायमन्ड युथ सोसाईटी कावासोती १२ को आयोजनामा प्रतियोगिता भएको हो । प्रतेक वर्ष प्रतियोगिता हुदै आएकोमा गत वर्ष कोभिडको कारण रोकिएको थियो ।
 
भोदी खेल थारु समुदायको परम्परागत खेत हो । पछिल्ले समय यस्ता खेल लोप हुदै जान लागेकाले संरक्षणका लागि सोसाईटीले पहल गर्दै आएको छ ।
-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win