+
+
-- Sponsored Ad --

नवलपुरका थप ३ जनामा कोरोना संक्रमण पुष्टी

507 पटक हेरिएको
Clock २०७८ आश्विन १४, बिहीबार २२:२४
-- Sponsored --

असोज १४, कावासोती ।। नवलपुरका थप ३ जनामा कोरोना भाईरसको संक्रमण पुष्टी भएको छ । जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका अनुसार पछिल्लो २४ घण्टामा २३ जनामा गरिएको परिक्षणमा थप ३ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।

आज थप भएका संक्रमित मध्ये देवचुलिका २ जना र कावासोती नगरपालिकाका १ जना रहेका छन् । त्यस्तै जिल्लाबाट थप ९ जना कोरोना संक्रमण मुक्त भएसँगै सक्रिय संक्रमितको संख्या ५४ पुगेको छ ।

अहिले जिल्लाका पालिकाहरु मध्ये गैंडाकोटमा १७ जना संक्रिय संक्रमित छन् भने कावसोतीमा १८ जना, देवचुलीमा २ जना, मध्यबिन्दुमा ५ जना, विनयी त्रिवेणीमा ३ जना, हुप्सेकोटमा ४ जना, बौँदिकालिमा २ जना र जिल्ला अस्पतालमा ३ जना संक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यलय नवलपुरले बताएको छ ।

नवलपुरमा कोरोना संक्रमणबाट अहिले सम्म १ सय ७१ जनाले ज्यान गुमाएका छन् ।

हाम्राे रेडियाे सुन्नुस ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win