+
+
-- Sponsored Ad --

मेलम्ची इन्द्रावती जोड्ने अस्थायी पुल बगायो

442 पटक हेरिएको
Clock २०७८ आश्विन ३१, आईतवार ११:२६
-- Sponsored --

काठमाडौं । मेलम्ची इन्द्रावती जोड्ने अस्थायी मोटरबाटोमा क्षति पुगेपछि मेलम्ची-इन्द्रावती सडक फेरि अवरुद्ध भएको छ।

शनिबार रातिको भीषण वर्षाका कारण मेलम्ची इन्द्रावती जोड्ने अस्थायी मोटरबाटोमा क्षति पुगेपछि सडक अवरुद्ध भएकाे हाे । गत असार १ को बाढीले पक्की पुल बगाएपछि करिब तीन महिनापछि ह्युम पाइप राखी मोटरबाटो बनाइएकोे थियो।

मोटरबाटोमा गए रातिको वर्षाले पुनः क्षति भएको उक्त अस्थायी मोटरबाटो उपभोक्ता समितिले जनाएकाे छ । समितिकाअनुसार मौसम सुधार आउने वित्तिकै बाटोमर्मत गरी सञ्चालनमा आउँनेछ ।

यस्तै मेलम्ची दुवाचौर जोड्न फट्टेमा बनाइएको ह्युमपाइप माथिको माटो बगाएका कारण उक्त बाटोसमेत अवरुद्ध भएको स्थानीयवासीले बताएका छन् ।

हेलम्बुको चनौटेमा राखिएको ह्युमपाइप भने सुरक्षित रहेको स्थानीयवासी यम ज्योतिले बताए। असार १ र साउन १६ गते आएको बाढीका कारण सडक सञ्जाल टुटेका विभिन्न ठाउँमा ह्युम पाइप राखी सडक सञ्चालनमा ल्याइएको थियो।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win