+
+
-- Sponsored Ad --

झलनाथ भन्छन् : अवरोधका कारण संसदमा जनताको कुरा राख्न पाइएन

250 पटक हेरिएको
Clock २०७९ असार १६, बिहीबार १२:५९
-- Sponsored --

१६ असार, काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले सनकको भरमा संसद विघटन गरेका कारण देशमा गैरदलीय प्रवृत्ति विकास भएको आरोप लगाएका छन् ।

संसद दिवसका अवसरमा भएका कार्यक्रममा उनले संसद राम्रोसँग चल्न र काम गर्न नपाउँदा गैरदलीय प्रवृत्ति बढ्ने बताए ।

 
‘कहिले काहिं हाम्रा नेताहरूलाई सनक चल्छ र संसद विघटन गरिदिन्छन्, अनि गैरदलीय प्रवृत्ति विकसित हुन्छ,’ उनले भने, ‘स्थानीय तहको निर्वाचनमा गैरदलीय उम्मेदवारलाई जिताउने काम भयो कि भएन ?’

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेको र अहिलेको संसदमा नेकपा एमालेले बारम्बार अवरोध गरिरहेकोप्रति खनालको भनाइ लक्षित थियो ।

खनालले अवरोधका कारण पुनर्स्थापित प्रतिनिधि सभामा पनि जनताको कुरा राख्न नपाइएको, सरकारले कानुन बनाउन नपाएको बताए ।

नेता खनालले संसदलाई जनताको र राष्ट्रियताको बहसको थलो बनाउन आवश्यक रहेको बताए ।

उनले पूर्व प्रशासकहरुले ठीकसँग काम नगरेकै कारण हामीले हाम्रो नक्सा यो हो भनेर अन्तर्राष्ट्रिय समुदायका राख्दा पनि विवाद आएको बताए ।

२०७४ को चुनावपछि बनेको दुई तिहाई बहुमतको सरकारले काम गर्ला भन्ने अपेक्षा गरेको भए पनि  माछा माछा भ्यागुतो भएको टिप्पणी उनले गरे ।

 
-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win