0 प्रतिक्रिया
बस्तीमा सेतीको बाढी पसेपछि उद्दारको पर्खाइमा ६० जना
कात्तिक २, बैतडी ।।
बैतडीमा ६० जना सेती नदीको बाढीले गर्दा फसेका छन्।
सिगास गाउँपालिका-५ ढुंगाडमा १० परिवारका ६० जना सेती नदीले घेरिएको टापुमा फसेका हुन्।
गाउँपालिकाका अध्यक्ष हरिसिंह धामीले बस्तीमा बाढी पसेपछि साेमबारदेखि नै केही अन्यत्र सरेको बताए। केही नजिकैको टापुमा बसेका थिए। अहिले टापु नै डुबानमा परेपछि उनीहरूलाई हवाई उद्दार आवश्यक परेकाे उनले बताए।
उद्दारमा सहयोग गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरिएको उनले बताए। एजेन्सी ।।
-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
-- Sponsored --



