
कात्तिक २, बैतडी ।।
बैतडीमा ६० जना सेती नदीको बाढीले गर्दा फसेका छन्।
गाउँपालिकाका अध्यक्ष हरिसिंह धामीले बस्तीमा बाढी पसेपछि साेमबारदेखि नै केही अन्यत्र सरेको बताए। केही नजिकैको टापुमा बसेका थिए। अहिले टापु नै डुबानमा परेपछि उनीहरूलाई हवाई उद्दार आवश्यक परेकाे उनले बताए।