+
+
-- Sponsored Ad --

१०० अंकले घट्यो सेयर बजार

516 पटक हेरिएको
Clock २०७८ कार्तिक २, मंगलवार १४:४६
-- Sponsored --

कात्तिक २, काठमाडौं ।।

सेयर बजारमा वाणिज्य बैंकहरुबीच देखिएको चर्को ब्याजदर बढाउने प्रतिस्पर्धाको नकरात्मक असर देखिएको छ । वाणिज्य बैंकहरुले कात्तिक १ गतेदेखि लागू हुने गरेर निक्षेपको ब्याजदर बढाएपछि सेयर बजारमा १०० अंकभन्दा बढीको गिरावट आएको हो ।

बजारमा तरलताको अभाव भइरहँदा वाणिज्य बैंकहरुले निक्षेपकर्ताको रकम तान्न निक्षेपको ब्याजदर बढाएर दोहोरो अंकमा पुर्याइसकेका छन् । हिमालयन, एनआईसी र लक्ष्मी बैंकले निक्षेपको ब्याज ११ प्रतिशतभन्दा माथि पुर्याइसकेका छन् ।

निक्षेप ब्याज बढेपछि स्वभाविक रुपमा कर्जाको ब्याज उकालो लाग्छ । जसकारण, धेरै कर्जा लिएर सेयरमा लगानी गरेका लगानीकर्ताले उच्च ब्याज तिर्नुपर्ने हुन्छ । घट्दो बजारमा बैंकको उच्च ब्याज तिर्नुपर्ने डरले लगानीकर्ताको मनोबल हतोत्साहित हुँदा बजार साँढे १ बजेसम्ममा १०१.९२ अंकले घटिसकेको छ ।

यस अवधिसम्म २ अर्ब ३४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । यस्तै, ५९ लाख कित्ता सेयर किनबेच भएको छ ।एजेन्सी ।।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win