+
+
-- Sponsored Ad --

सर्यो संसद बैठकः मिती तय कात्तिक ११ लाई

402 पटक हेरिएको
Clock २०७८ कार्तिक २, मंगलवार १६:२७
-- Sponsored --

कात्तिक २, काठमाडौं ।।

प्रतिनिधि सभाको बैठक दुई दिनपछि सरेको छ। यसअघि ९ कात्तिकमा बोलाइएको बैठक विशेष कारणवश ११ कात्तिक दिउँसो २ बजे बोलाइएको संसद् सचिवालयले जनाएको छ। 

संघीय संसद्का महासचिव डा.भरतराज गौतमले मंगलबार विज्ञप्ति जारी गर्दै प्रतिनिधि सभाको बैठक ११ कात्तिकमा बस्ने जानकारी दिएका हुन्।

‘२०७८ कात्तिक ९ गते मंगलबार दिनको १ बजे बस्ने गरी निर्धारण भएको प्रतिनिधि सभाको बैठक विशेष कारणवश सो दिन र समयमा बस्न नसक्ने भएकाले प्रतिनिधि सभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम सभामुखज्यूले २०७८ कात्तिक ११ गते बिहीबार दिनको २ बजे बस्ने गरी निर्धारण गर्नुभएको व्यहोरा माननीय सदस्यहरूको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ’, गौतमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

 
-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win