फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं, असार ९ । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले बुधबार राति १२ बजेबाट लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो ।

निगमले पेट्रोल, डिजेल, मट्टितेल तथा हवाई इन्धनको मूल्य बढाएको छ। पेट्रोल, डिजेल, मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँका दरले बढाइएको छ । २ रुपैयाँ बढाएसँगै पेट्रोलको मूल्य प्रतिलिटर १२७ रुपैयाँ पुगेको छ । यस्तै, डिजेल र मट्टितेलको मूल्य ११० रुपैयाँ कायम भएको छ ।

हवाई इन्धनतर्फ अन्तर्राष्ट्रिय उडानको मूल्य प्रति किलोलिटर २० अमेरिकी डलर र आन्तरिक उडानको मूल्य प्रतिलिटर २ रुपैयाँ बढाइएको छ ।

आयल निगमले करिब १८ दिनकै अवधिमा पुनः इन्धनको मूल्य बढाएको हो । यसअघि गत जेठ २३ गतेदेखि लागू हुने गरी पनि निगमले इन्धनको मूल्य २ रुपैयाँ प्रतिलिटरका दरले बढाएको थियो ।

फेरि मूल्य बढाउँदा पनि निगमले घाटा नै रहेको जिकीर गरेकाे छ । हाल पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ ७५ पैसा, डिजेलमा प्रतिलिटर ३ रुपैयाँ ५३ पैसा घाटा रहेको निगमको दाबी छ ।

  • सम्बन्धित समाचारहरूः

    • २०८१ माघ ७, सोमबार २१:५२
    • 9 views
    अध्यादेशबाट कानुन सुधार : वाञ्छित परिणामका लागि अवाञ्छित काम

    ७ माघ, काठमाडौं । सरकारले पछिल्लो एक सातामा पाँचवटा अध्यादेश जारी गरेको छ । २९ पुसमा चारवटा र २ माघमा एउटा गरी जारी भएका सबै अध्यादेशमा नयाँ विषय छैनन्, अध्यादेशमार्फत…

    विस्तृत.....

    • २०८१ माघ ७, सोमबार २१:४७
    • 9 views
    स्ववियु निर्वाचन चैत ५ गते हुने

    ७ माघ, काठमाडौँ। त्रिभुवन विश्वविद्यालय (त्रिवि) स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन आगामी चैत ५ गते गर्ने सहमति भएको छ । त्रिविका शिक्षाध्यक्ष डा खड्ग केसीको अध्यक्षतामा आज बसेको विद्यार्थी…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *