+
+
-- Sponsored Ad --

नवलपुर जिल्ला अस्पतालमा अक्सिजन प्लान्टको क्षमता विस्तार

318 पटक हेरिएको
Clock २०७८ कार्तिक ११, बिहीबार २०:४५
-- Sponsored --

कावासोती , ११ कात्तिक,
नवलपुरको कावासोती – १६ डण्डा स्थीत मध्यविन्दु जिल्ला अस्पतालमा अक्सिजन प्लान्टको क्षमता विस्तार गरिने भएको छ ।
दोश्रो लहरको कोभिड – १९ संक्रमणका समय अक्सिजनको अभाव हुँदा दैनिक १७ सिलिन्डर अक्सिजन उत्पादन गर्ने सानो क्षमताको प्लान्ट जडान गरेर उपचार गरिएको थियो । सो समयमा अक्सिजन अभावले निम्त्याएको समस्या आउँदा दिनमा नहोस् भन्ने उदेश्यले सोही समयमा अक्सिजन प्लान्टको क्षमता विस्तार गर्ने गरि योजना बनाएर काम अगि बढेको थियो ।
अक्सिजन प्लान्टका लागि संघीय सरकारले ७५ लाख र प्रदेश सरकारले ७० लाख सहयोग गरेको हो । एक करोड २८ लाख रुपिँयामा ठेक्का लागेको अस्पतालका सुचना अधिकारी छविलाल सुवेदीले जानकारी दिनुभयो । यस प्लान्टबाट दैनिक रुपमा ८० देखि एक सय सिलिन्डर अक्सिजन उत्पादन हुने उहाँले बताउनुभयो । प्लान्टका लागि आवश्यक पर्ने मेसिनरी सामाग्रीहरु अस्पतालमा आईपुगेको छ । उत्पादन गर्ने च्याम्बर , पिउरीफिकेशन , बुस्टर लगायतका मेसीनरी सामाग्री अस्पताल आईपुगेको सुवेदीले जानकारी दिनुभयो । तिहार अगि नै प्लान्ट जडान गर्ने योजना रहेको सुवेदीले बताउनुभयो । प्रदेशबाट ईन्जीनियर आएर परिक्षण गरेपछि प्लान्ट जडान गरेर सञ्चालन गरिने छ । यस अगि जडान भएको प्लान्ट सिधै पाईपलाईबाट वेडमा पठाउन मात्रै मिल्ने थियो । अब जडान गर्ने प्लान्ट सिधै पाईपलाईनबाट वेडमा पठाउन पनि मिल्ने र फिलिङ्ग गर्दा ९ अक्सिजन सिलिन्डरमा भर्न पनि मिल्ने सुवेदीले बताउनुभयो ।
कोभिड – १९ संक्रमणका बेला जिल्ला अस्पतालमा दैनिक करीब ५० सिलिन्डर अक्सिजन खपत हुँदै आएको थियो । जसमध्ये १७ सिलिन्डर अस्पतालको प्लान्टमा उत्पादन हुन्थ्यो । अन्य बाहिरबाट खरीद गरेर पुर्ती गरिएको थियो । सामान्य समयमा अस्पतालमा अहिले दश देखि १२ सिलिन्डर मात्रै अक्सिजन खपत हुँदै आएको सुवेदीले जानकारी दिनुभयो । नयाँ प्लान्ट जडान भएपछि अस्पतालले आफुले खपत गरेर बाँकी रहेको अक्सिजन बिक्री समेत गर्न सक्ने उहाँको भनाई छ ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win